Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा चम्किँदै आयुष्मानको फिल्म

एजेन्सी, मुम्बई, 2020/02/23
 
आयुष्मान खुराना दर्शकका फेभरेट अभिनेता हुन् । यो कुरा उनको हरेक फिल्मले सावित गर्दै आएको छ । अलग-अलग फ्लेवरको फिल्म लिएर आइरहेका उनले भारतका जनतालाई ती चिजको बारेमा कुरा गर्न सजिलो बनाएका छन्, जसको नाम लिन पनि संकोच मानिन्छ । अब, आयुष्मानले फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ बाट एक ‘गे’ को लभस्टोरी लिएका आएका छन् ।
 
शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्म दर्शकलाई निकै मन परेको छ । ‘शुभ मंगल ज्यादा सावधान’ ले आफ्नो ओपनिङ डेमा राम्रो कमाई गरेको थियो ।  शनिवार पनि फिल्मले जबरजस्त कमाई गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, आयुष्मानको फिल्मले प्रदर्शनको पहिलो दिन बक्सअफिसमा ९ करोड ५५ लाख र दोस्रो दिन ११ करोड ८ लाख छापेको छ । 
 
प्रदर्शनको दुई दिनमा नै २० करोड ६३ लाख कमाएको फिल्मले दुई हप्तामा सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । फिल्मले दर्शकसँगै समीक्षकबाट पनि उम्दा प्रतिक्रिया प्राप्त गरेको छ । आयुष्मान खुराना र जितेन्द्र कुमारको प्रमुख भूमिका रहेको फिल्ममा गजराज राव, नीना गुप्ता, मानवी गागरू, मनु ऋषि चड्ढा, सुनीता राजवारको पनि अभिनय रहेको छ ।
 
‘शुभ मंगल ज्यादा सावधान’ को निर्देशक हितेश केवल्याले गरेका हुन् । फिल्ममा आयुष्मान ‘गे’ को भूमिकामा छन् । उनले टिभिएफका एक्टर जितेन्द्र कुमारसँग रोमान्स गरेका छन् । कार्तिक र अमन नामका दुई युवकको कहानीमा फिल्म आधारित छ, जो ‘गे’ हुन् र एकअर्काको प्रेममा पर्छन् । यो कुरा दुवैको परिवारलाई थाहा भएपछि सुरु हुने भाग-दौडमा फिल्म घुमेको छ । 
Most Visited News (monthly)