Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘धुलो’ गीतः दिपाशाको जवानीमा बुद्धिको आँखा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/02/23
 
यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘धुलो’ को ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको सडक-गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषय उठान गरेको फिल्मको गीतमा केशव मिश्रको शब्द छ भने दुर्गा खरेल र अनुप थापाको गायन छ । 
 
गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ । प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मको गीतमा कलाकार द्वय बुद्धि तामाङ, अग्रज केसी र मोडल दिपाशा विसी फिचर छन् । निर्देशक मिश्रका अनुसार, यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको उनले बताए । 
 
यथार्थपरक विषयमा निर्माण भएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवा पिशेष भूमिकामा छन । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । फिल्ममा केशव मिश्र र दीपक समीरको गीत छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)