
यही शुक्रबारबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजना भएको फिल्मको प्रिमियरमा सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । फिल्म हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

गएको वर्ष प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निर्वाहा गरेर चर्चामा आएका अभिनेता मुकुन भुषाल नयाँ फिल्ममा अनुबन्ध भएका छन् । सत्यराज चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘अन्तरे’ मा उनले मुख्य भूमिका निभाउन लागेका हुन् । उनी यसै साता फिल्ममा आबद्ध भएका हुन् ।

म्यूजिक भिडियोबाट राम्रो फ्यान फलोइंग बनाएका अभिनेता पुष्प खड्का अहिले नेपाली फिल्मका विकाउ अनुहारमध्ये एक हुन् । फिल्म ‘अझै पनि’ बाट अभिनयबाट डेब्यू गरेका उनले भेट्रान निर्देशक तुलसी घिमिरेको ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को दोस्रो श्रृंखलाबाट लिड रोलमा डेब्यू गरेका थिए । तर, दुबै फिल्म बक्सअफिसमा डिजास्टर सावित भए । जसले, पुष्पको करिअरमा ठूलो धक्का पुग्यो ।



सुपरस्टार अजय देवगन मोस्ट ट्यालेन्टेड अभिनेतामध्ये एक हुन् । फिल्ममा उनको कमिक टाइमिङ, एक्सन र एग्रेशन सबै जबरजस्त हुन्छ । उनले सन् १९९१ मा आएको फिल्म ‘फूल और कांटे’ बाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पछिल्लो रिलिज फिल्म ‘दे दे प्यार दे’ हो । आफ्नो तीस वर्ष लामो करिअरमा उनले एकसेएक उम्दा फिल्म दिएका छन् ।

