Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8803 - 8808 of 24295
फिल्मीखबर, काठमाडौं, 2020-03-06, शुक्रवार

आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४३ सेकेण्ड लामो टिजर सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा फिल्मको मूलकथा अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान गर्न सकिन्छ । अभिनेता अर्पण थापाको भिन्न लुक्स ध्यान खिच्ने खालको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-03-06, शुक्रवार

दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ ले शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालेका छन् । यी दुई फिल्ममध्ये सुरुवाती दुई दिन ‘सेन्टी भाइरस’ ले आक्रामक व्यापार गरेको थियो । तर, पहिलो हप्ताको आइतवारबाट समीक्षकको नकारात्मक समीक्षाका कारण फिल्मको व्यापारमा ठूलो गिरावट आएको छ । फिल्मले प्रदर्शनको ९ दिनमा ४ करोडमाथि कमाएको रिपोर्ट प्राप्त छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-03-06, शुक्रवार

चीनबाट फैलिएको कोरोना भाइरसको त्रासका कारण सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित भएको छ । शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै फिल्म फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि फिल्मको प्रदर्शन रोकिएको विज्ञप्तीमा उल्लेख छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-03-06, शुक्रवार

गएको पुसबाट चीनमा आतंक फैलाइरहेको कोरोना भाइरसले अहिले विश्व नै त्रसित छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म सयौंको ज्यान गइसकेको छ भने हजारौँ मानिस संक्रमित छन् । अहिले कोरोना भाइरसको बारेमा सुन्दा नै मनमा डर पलाउन थालेको छ । कोरोनाको त्रासले हरेक क्षेत्रलाई प्रभाव पारिरहेको अवस्थामा विश्व फिल्म बजार पनि अछुतो रहन सकेको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-03-05, बिहिवार

चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । हालसम्म कोरोना भाइरस विश्वका ७० बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक असर परेको छ । 

Results : 8803 - 8808 of 24295