Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

कोरोना भाइरसका कारण सर्‍यो ‘नो टाइम टू डाई’

एजेन्सी, अमेरिका, 2020/03/05
 
यतिबेला विश्व हल्लाएको कोरोना भाइरसका कारण हलिउडको चर्चित फ्रेन्चाइज जेम्स बोन्डको नयाँ फिल्म ‘नो टाइम टू डाई’ सात महिना पछाडि धकेलिएको छ । फिल्मको प्रदर्शन सात महिना पछाडि सार्ने निर्णय निर्माताले निकै सोचेर लिएका हुन् । अभिनेता डेनियल क्रेगको एजेन्ट ००७ को रूपमा यो अन्तिम फिल्म हो । जुन युनिभर्सल स्टुडियोले विश्वव्यापी रूपमा देखाउँदैछ । 
 
‘नो टाइम टू डाई’ अप्रिलमा दुनियाँभर प्रदर्शन हुने तयारीमा थियो, तर अब यो नोभेम्बर २०२० मा रिलिज हुनेछ । फिल्मको निर्माण कम्पनीले बुधवार आफ्नो ट्विटर एकाउन्टबाट फिल्मको प्रदर्शन मिति सरेको जानकारी गराएको छ । ट्विटरमा लेखिएको छ- 'निकै सोचेर र ग्लोबल इन्टरनेशनल मार्किटलाई मध्यनजर गर्दै फिल्मलाई नोभेम्बर २०२० सम्म पोस्टपोन्ड गर्ने फैसला गरेका छौं ।' 
 
‘नो टाइम टू डाई’ यो फ्रेन्चाइजीको २५औं फिल्म हो । क्यारी फुकुनागा फिल्मका निर्देशक हुन् । फिल्ममा ओस्कर अवार्ड विजेता रामी मालेकले भिलेनको भूमिकामा छन् । भने, अना दे अर्मस र ल्याशना लिन्चको पनि प्रमुख भूमिका छ । डेनियलले सन् २००६ मा ‘क्यासिनो रायल’ बाट जेम्स बोन्डमा इन्ट्री लिएका थिए । ‘नो टाइम टू डाई’ पछि लशाना लिन्चले डेनियललाई रिप्लेस गर्नेछिन् ।
 
कोरोना भाइरसका कारण चीनका ७० हजार बढी हल बन्द छन् । जापान, साउथ कोरिया र इटलीका हल पनि भाइरसका कारण बन्द छन् । चिकित्सकहरुले भीड-भाडमा नजान आग्रह गरेपछि यसको प्रत्यक्ष असर विश्व फिल्म बजारमा परेको छ । भाइरसको डरले हलमा दर्शक जान डराएका छन् । जसकारण हलिउडका ठूला फिल्मले भकाभक प्रदर्शन मिति सारिरहेका छन् ।
Most Visited News (monthly)