
एक समय नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाएका अभिनेता भुवन केसीको कमब्याक फिल्म ‘मिस्टर नेपाली’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । लामो समय छोरा अनमोल केसीको करिअर बनाउन अभिनयबाट दूरी बनाएका उनले यो फिल्ममा अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गरेका छन् । फिल्ममा उनले दोहोरो भूमिका निभाएका छन् । भने, एउटा चरित्र नेगेटिभ छ ।

अभिनेत्री जेविका कार्की नेपाली फिल्म क्षेत्रमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेकी छन् । म्यूजिक भिडियो हुँदै फिल्म दुनियाँमा प्रवेश गरेकी उनले ‘जय श्री दाम’, ‘कारखाना’, ‘जन्मभूमि’, ‘पर्व’ फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छन् । उनी अहिले नयाँ फिल्म ‘हिजो आजका कुरा’ मा व्यस्त छिन् । बुधबार यो फिल्मको मुहूर्तसँगै औपचारिक रुपमा छायांकन सुरु भएको छ ।

बलिउड अभिनेत्री रानी मुखर्जीको मोस्ट अवेटेड एक्सन थ्रिलर फिल्म ‘मर्दानी २’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा एकपटक फेरि अभिनेत्री रानी एक निडर पुलिस अफिसरको भूमिकामा छिन् । यो ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मर्दानी’ को सिक्वेल हो । जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘डंका पिट्यो’ बोलको गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द तथा दिपक शर्माको संगीत छ । होलीको रमझमलाई कैद गरिएको गीतको भिडियोमा फिल्मका नव-नायक साहिल श्रेष्ठ र नव-अभिनेत्री कुसुम राउत प्रेमिल मुद्रामा देखिएका छन् ।


दुर्भाग्य नै भन्नुपर्छ, फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरले अभिनय गरेका कुनै फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेका छैनन् । भर्सटायल अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन् । यद्यपि, प्रदीपसँग रोमान्स गरेको फिल्म ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो ।

