Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘हिरो रिटर्न्स’ ट्रेलरमा रेखा र सविनको एक्सन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/03/04
 
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा स्टारर फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माणको तीन वर्षपछि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर एक्सन प्याक्ड छ । सविन र रेखा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । यी दुईको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । तर, ट्रेलरमा फिल्मको मेकिङ क्वालिटी कमजोर देखिएको छ । 
 
आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता सरोज खनाल खलपात्रको भूमिकामा छन् । उनी पहिलो पटक फिल्ममा नकारात्मक भूमिकामा देखिन लागेका हुन् । अभिनेत्री रेखा थापासँग काम गर्ने इच्छा भएका कारण पनि फिल्ममा आफूले खलपात्रको भूमिका निभाउन राजी भएको खनालले बताए । 
 
मदन कस्यप घिमिरेको छायांकन रहेको फिल्ममा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले सविनको आग्रह नकार्न नसकेर ‘हिरो रिटर्न्स’ मा काम गरेको बताइन् । फिल्मको कथावस्तु र आफ्नो भूमिका पनि मन परेको उनको भनाई छ । उनी १८ वर्ष अगाडि फिल्म ‘हिरो’ बाट अभिनेत्रीको रुपमा नेपाली फिल्ममा भित्रिएकी थिइन् । 
 
‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविनले फिल्म प्रदर्शनमा आउन ढिलाइ भए पनि प्रतिक्षाको फल मिठो हुने बताए । उनी फिल्म उत्कृष्ट बनेको दाबी गर्छन् । फिल्ममा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्दन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने र ध्रुव न्यापाने निर्मातामा छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)