Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं: केकी अधिकारी

फिल्मीखबर, काठमाडौं, 2020/05/22
नेपालले आफ्नो अतिक्रमित भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेपछि भारतमा एक प्रकारको हलचल पैदा भएको छ । भारतिय मीडियाहरुले उक्त भूभाग भारतको नै भएको दावी गर्दै नेपाललाई विभिन्न आक्षेप लगाईरहँदा बलीउड अभिनेत्री मनिषा कोईरालाले नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई समर्थन गरेपछि त मनिषामाथी झनै आलोचना गरे । भारतीय फिल्महरुमा अभिनय गरेतापनि आफ्नो भूमिको रक्षार्थ मनिषाले दिएको अभिव्यक्तीको नेपालमा निकै प्रसंशा गरिएको छ ।
 
यसैबीच नेपाली नायिका केकी अधिकारीले पनि आफ्नो अभिव्यक्ती सार्वजनिक गरेकी छन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै केकीले नेपालसँग स्पष्ट प्रमाणहरु प्रशस्त रहेको र वार्ता गर्न तयार रहेको बताएकी छन् । नेपालीले बदलामा हैन बलिदानमा बिश्वास राख्ने बताउँदै उनले लेखेकी छन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली बिश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ’ ।
 
हेरौँ पुरै स्टाटस:
Most Visited News (monthly)