Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली नायिकाहरु खतरामा, फेक अश्लील भिडियो सार्वजनिक भएपछि प्रहरीमा उजुरी


फिल्मीखबर, काठमाडौं, 2020/05/26
केहि नेपाली नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक भएपछि कारबाहीको लागी प्रहरीमा उजुरी परेको छ । पीडित एक नायिकाले सोमबार नै महानगरिय अपराध महाशाखा टेकुमा उजरी दिएकी थिइन् भने नेपाल चलचित्र कलाकार संघले मंगलबार संस्थागत उजुरी दिएको छ ।
 
 
‘इण्डीयन स्पाइडर स्क्वाड’को नाममा आएको सुचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेख भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाहरुको अनुहार राखेर भिडियो बनाइ सार्वजनिक भएको थियो । सुचनामा १२ जना नायिकाहरुको मोबाइल ह्याक गरी भिडियो सार्वजनिक गरेको तयारी गरेको बताइएको छ । केहि नायिकाहरुको भने सार्वजनिक गरिसकेको छ ।
 
महानगरिय अपराध महाशाखाका प्रमूख एसएसपी दिपक थापाले कारबाही प्रक्रिया अगाडी बढाउने बताए । ‘आज नै भिडियो अपलोड भएका साइटहरु बन्द गर्ने प्रक्रियामा जान्छौँ । कसले कसरी यस्तो काम गरिरहेको छ यथाशिघ्र पत्ता लगाउने कोशिसमा हामी रहेका छौँ’ थापाले बताए ।
 
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सीमा विवादको नाममा नेपाली चेलीको चरित्रहत्या स्विकार्य नभएको बताए । प्रहरीले छिटो भन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्ने बिश्वास लिएको उनले बताए ।
 
भिडियो:

Most Visited News (monthly)