Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनदुखीलाई सहयोग गर्न पलको आह्वान (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2020/05/22
लकडाउनको समयमा चलचित्र प्राविधिकहरुको लागी सहयोग गरेर नायक पल शाहले आफु फिल्मको मात्र नायक नभएको उदाहरण देखाएका छन् । एक कलाकारको हिसाबले कति सामाजिक उत्तरदायित्व हुन्छ भन्ने उदाहरण उनले फिल्म प्राविधिकहरुलाई सहयोग गरेर देखाएका छन् । यसैबीच उनै पल एक शर्ट फिल्मको अन्त्यमा देखिएर सहयोगको आह्वान गरेका छन् ।
 
 
सिनेमाटोग्राफरको रुपमा परिचित अर्जुन तिवारीले निर्देशन गरेको शर्ट फिल्म ‘क्रन्दन’मा एक गरिब मजदुरको पीडा समेटिएको छ । फिल्ममा घरमा भएको अन्न, पैसा तथा आफ्नो पेशा समेत नभएपछि भौँतारिएको युवकको पीडा देख्न सकिन्छ ।
 
प्रधानमन्त्रीले देशभरका सबै स्थानिय निकायबाट राहत बाँडिने बताएता पनि वास्तविक पीडितले नपाएको यस फिल्मले देखाएको छ । फिल्ममा राज न्यौपानेको अभिनय रहेको छ ।


 
फिल्म हेर्नुहोस्:

Most Visited News (monthly)