Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरुनाको आग्रह- ‘स्वदेश फर्किने नेपालीलाई स-सम्मान स्वागत गरौं’

फिल्मीखबर, काठमाडौं, 2020/06/02
 
कोरोना भाइरसको महामारीविरुद्ध लड्न सरकारले गएको २ महिनादेखि देश लकडाउन गरेको छ । नेपालभित्रै रहेका व्यक्ति घरमै सुरक्षित रुपमा बसे पनि रोजगारीको शिलशिलामा छिमेकी मुलुक भारत गएका नेपालीहरु दैनिक हजारौंको संख्यामा स्वदेश फर्किन नाकासम्म आइपुग्ने गरेका छन् । तर, नाका सिल भएका कारण उनीहरु आफ्नै देश आउन पनि सकिरहेका छैनन् । 
 
कति ‘चोरबाटो’ हुँदै स्वदेश फर्किएका छन् भने हजारौं नाकामै अलपत्र छन् । नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश नफर्काएको भन्दै व्यापक आलोचना भएपछि अब सरकारले हरेकको कोरोना परिक्षण गराएर स्वदेश ल्याउने तयारी गरेको छ । यसबीच, अभिनेत्री मिरुना मगरले नेपाल-भारतको नाकाबाट स्वदेश फर्किने सबै नेपालीलाई स्वागत गर्न आग्रह गरेकी छन् । 
 
सोमवार आफ्नो आधिकारिक इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले भनेकी छन्, ‘हामी सबैलाई दुःख पर्दा आफ्नो आमा र आपत्त पर्दा आफ्नो देश अवश्य याद आउँछ । अहिलेको यो आपत्तकालिन परिस्थितिमा हाम्रा नेपाली दाईभाइ दिदीहिनी नेपालको विभिन्न नाकाबाट आफ्नो देशभित्र प्रवेश गरिरहनुभएको छ । उहाँहरुलाई हामी सबै मिलेर स-सम्मानका साथ स्वागत गरौं ।’
 
अभिनेत्री मिरुनाले भारतबाट नेपाल प्रवेश गर्ने नेपालीमा कोरोनाको संक्रमण देखिए व्यवस्थित तरिकाले स्वदेशमै रहन दिन पनि आग्रह गरेकी छन् । देश र परिवार सम्झिएर स्वदेश फर्किने नेपालीहरुलाई सबैको माया, साथ, सद्भाव र सहयोगको खाँचो रहेको पनि उनी बताउँछिन् । अभिनेत्री मिरुना अहिले लण्डनमा छिन् । उनको परिवार लामो समयदेखि त्यही बस्दै आएको छ ।
Most Visited News (monthly)