Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भावुक भएका कारण विवादित करिश्मा !

फिल्मीखबर, काठमाण्डौ, 2020/06/01
 
नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर लकडाउनपछि सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय हुन थालेकी छन् । जहाँ उनी दैनिक जसो समय सान्दर्भिक आफ्नो विचार व्यक्त गरिरहेकी हुन्छिन् । तर, उनले फेसबुकको भित्तामा कोर्ने स्टाटसले प्रशंसा कम विवादको रुप बढी लिने गरेको छ । यो हुनुको कारण उनी आफू भावुक हुनुलाई मान्छिन् ।
 
उनले आफूमा आत्मीय गुण भएका कारण अरुभन्दा फरक रहेको पनि बताएकी छन् । आइतवार आफ्नो आधिकारिक फेसबुकमा एक तस्विर पोस्ट्याउँदै क्याप्सनमा लेखेकी छन्, ‘भावुक छु, त्यसैले विवादित छु । आत्मीय गुण छ, त्यसैले फरक छु ।’ उनको शब्द भावबाट बुझ्न सकिन्छ कि भावुकताका कारण उनलाई विवादले पछ्याइरहेको छ । र, यसको उनलाई कुनै प्रवाह छैन ।
 
अभिनेत्री मानन्धरले अगाडि थप्दै लेखेकी छन्, ‘यदि तपाईं आफैंलाई प्रेम गर्न सक्नुहुन्न भने तपाईं कुनै कुरालाई प्रेम गर्न सक्नुहुन्न ।’ अभिनयमा सक्रिय रहँदा विवादबाट टाढा रहेकी उनी राजनीतिमा होमिएपछि भने यी कुराबाट भाग्न सकिनन् । अहिले सक्रिय राजनीतिबाट अलग भए पनि उनले सामाजिक सञ्जालको माध्यमबाट राजनीतिक टिप्पणी गर्न भने छाडेकी छैनन् । 
 

करिश्मा पछिल्लो केही वर्षयता अभिनयमा सक्रिय छैनन् । उनको पछिल्लो रिलिज फिल्म ‘हिरोज्’ हो । तर, यो फिल्म हलमा लागेको र उत्रिएकै पत्तो भएन । फिल्म अभिनयबाट टाढा भए पनि उनी फाट्टफुट्ट म्यूजिक भिडियोमा भने देखिरहेकी हुन्छिन् । एक समय आफ्नो अभिनय र सुन्दरताबाट दर्शकलाई लोभ्याएकी उनले केही वर्षयता अध्ययनलाई प्राथमिकता दिँदै आएकी छन् ।
Most Visited News (monthly)