Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्पाइडर म्यान २’ का अभिनेतालाई क्यान्सर

एजेन्सी, अमेरिका, 2020/06/12
 
‘इभिल डेड २’ फिल्मका अभिनेता ड्यानी हिक्सले आफूलाई क्यान्सर भएको खुलासा गरेका छन् । उनले क्यान्सर चौथो स्टेजमा पुगिसकेको र आफूसँग मात्र एकदेखि तीन वर्षको जीवन रहेको बताएका छन् । ६८ वर्षका यी अभिनेताले आफ्नो फेसबुक पेजमा एक पोस्ट साझेदार गर्दै यो कुराको जानकारी दिएका हुन् ।  
 
उनले लेखेका छन्, ‘ती सबै मानिसहररुका लागि जसलाई मैले कहिल्यै भेटिनँ र मेरो काममा आनन्द लिने प्रशंसकहरु । मैले केही नराम्रो समाचार पाएको छु । मलाई चौथो चरणको क्यान्सर पत्ता लागेको छ । मसँग अब बाँच्नका लागि एक वा तीन वर्षको समय छ ।’
 
उनले अगाडि थप्दै लेखेका छन्, ‘मेरो पोष्टमा कुनै परिवर्तन आएको छैन । म धेरै पछुताउँदिनँ । ठिक छ म जान्छु । मलाई थाहा छ कि नर्कको त्यो गुफामा के हुँदैछ ।’ हिक्सले क्यान्सरको बारेमा बताएपछि उनका प्रशंसकहरुले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् । कतिले उनलाई हौसला दिएका छन् भने कतिले अभिनयको प्रशंसा गरेका छन् ।
 
हिक्सले हरर फिल्म ‘इभिल डेड २’ मा महत्त्वपूर्ण भूमिका निर्वाहा गरेका थिए । यसमा निर्वाहा गरेको भूमिकाले उनलाई एक अलग पहिचान दिलाएको थियो । उनले ‘स्पाइडर म्यान २’, ‘ओज द ग्रेट एण्ड पावरफुल’, ‘डार्कम्यान’ लगायत एक दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । 
Most Visited News (monthly)