Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

कलाकारलाई निर्माता वाग्लेको आग्रह- ‘निर्माता खराब भए प्रमाणसहित सार्वजनिक गर्नुस्’

फिल्मीखबर, काठमाण्डौ, 2020/06/26
अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली फिल्म क्षेत्रमा नातावादको बहस चर्कियो । यस विषयमा अझै पनि नेपाली फिल्मकर्मीहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् । नातावादको विषयमा तर्क-वितर्क भइरहँदा अभिनेता पल शाहले भने फरक मुद्धा उठाए । कलाकारहरुले वर्षौंसम्म फिल्ममा काम गरेको पारिश्रमिक नपाउने गरेको उनको गुनासो र चिन्ता छ । 
 
 
केही दिनअघि फेसबुकमा एक स्टाटस लेख्दै उनले सम्झौता अनुसार पारिश्रमिक माग्दा निर्माताले विभिन्न बहाना बनाएर वर्षौं झुलाउने गरेको र ५० प्रतिशत छुट माग्ने गरेको बताएका थिए । तिनै निर्माता एकले अर्कालाई सपोर्ट गरेर फिल्म क्षेत्र बचाउनु पर्छ भन्ने गरेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले उठाएको यो मुद्धामा अहिले फिल्म क्षेत्रमा बहस सुरु भएको छ ।
 
कलाकारले वर्षौंसम्म पारिश्रमिक नपाउने गरेको अभिनेता पल शाहको गुनासोप्रति ‘लुट’ निर्माता माधव वाग्लेले सबै निर्मातालाई एउटै भाडामा राख्न नमिल्ने बताएका छन् । मिडियाबाजी गरेर समस्याको समाधान नहुने भन्दै यसले निर्माता र कलाकारबीच दूरी बढाउने उनको भनाई छ । निर्माताबाट कलाकार पीडित भए चलचित्र निर्माता संघमा उजुरी दिन उनले आग्रह गरेका छन् । 
 
कलाकारहरुले पनि व्यावसायिक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ चल्तीका व्यावसायिक कलाकारहरुले उचित पारिश्रमिक लिएर पनि व्यवसायिक भूमिका निर्वाह नगर्ने, एउटा फिल्मको लागि सेड्युल मिलाएर अर्कोमा गइदिने, पारिश्रमिक लिएर फोन अफ गरेर बसिदिन्छन् । यो समय एकअर्का विरूद्धमा आरोप-प्रत्यारोपमा उभिने समय होइन ।’
 
कलाकारहरुले व्यक्तिगत जीवनमा हासिल गरेका सफलताको देन फिल्म क्षेत्र र निर्माता रहेको उल्लेख गर्दै उनले सबै निर्माताहरुलाई एउटै भाडामा राखेर मिडियामा अभिव्यक्ति नदिन आग्रह गरेका छन् । उनी अगाडि लेख्छन्, ‘यस क्षेत्रमा सबै निर्माता खराब र सबै असल छन् भन्ने हैन । यदी निर्माता खराब छ भने प्रमाणसहित सार्वजनिक गर्नुहोस् । त्यो तपाईंको अधिकारको कुरा हो ।’ 
 
 
पारिश्रमिक लिएपछि कलाकारले पनि व्यावसायिकताको आधारभूत सिद्धान्त पालना गर्नुपर्ने निर्माता वाग्ले बताउँछन् । फिल्ममा अनुबन्धित हुँदा लिखित सम्झौता गर्नुपर्ने, सम्झौता अनुरूप राज्यले तोकेको कानुनी विधि पूरा गर्नुपर्ने र सम्झौताको मर्म अनुरूप फिल्मको अवधिभर व्यावसायिकपन देखाए अन्यायमा परेका कलाकारहरुको पक्षमा आफू पनि उभिने उनको भनाई छ । 
Most Visited News (monthly)