Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सनीको ‘घायल’ बनाउन भेटिएका थिएनन् निर्माता

एजेन्सी, मुम्बई, 2020/06/26
 
अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउड इन्डस्ट्रीमा नेपोटिज्मको विषयमा बहस छेडिएको छ । तर, फिल्म इन्डस्ट्रीमा कयौं यस्ता स्टार किड्स पनि छन्, जसले आफ्नो करिअरका लागि निकै मेहेनत गरेका छन् । नब्बेको दशकमा राजकुमार सन्तोषीले फिल्म ‘घायल’ बनाउनका लागि कयौं निर्मातासँग भेटे । तर, सनी देओलको यो फिल्म बनाउन कसैले इच्छा देखाएनन् । 
 
कुनै निर्माताले फिल्म ‘घायल’ बनाउन उत्सुकता नदेखाएपछि सनीका पिता तथा अभिनेता धमेन्द्र स्वयंले निर्माण गरे । फिल्म बन्यो र २२ जून १९९० मा रिलिज भयो । फिल्मले नसोचेको सफलता हात पार्‍यो । यति मात्र होइन, यो फिल्मबाट सनीसहित पंकज कपूर र दक्षिण भारतीय अभिनेत्री जयाभारतीलाई राष्ट्रिय पुरस्कार (स्पेशल जूरी अवार्ड) बाट सम्मानित पनि गरिएको थियो ।
 
सनीले भनेका छन्, ‘राजकुमार निर्देशकको रुपमा करिअर सुरुवात गर्दै थिए । उनले मलाई कहानी सुनाए, मलाई मनपर्‍यो र मैले फिल्म गर्ने वचन दिएँ । राज एक नयाँ निर्देशक थिए, यसकारण निर्माता खोज्नु एक टास्क थियो । हामीले कयौं निर्मातासँग भेट गर्यौं । सबैले ‘यो फिल्म बनाए चल्दैन’ भनेर फिल्ममा लगानी गर्न चाहेनन् । अन्तिममा मेरो पिताले यो फिल्म बनाउनुभयो ।’
 
फिल्म रिलिजभन्दा अगाडि गरिएको स्क्रिनिङको पल सम्झँदै सनीले भनेका छन्, ‘स्क्रिनिङको समयमा म र राज निकै नर्भस भएका थियौं । त्यसबेला मैले राजलाई भनेको थिएँ, ‘ठीक छ, अब फिल्म बनिसक्यो, बदल्न त सक्दैनौं नी । फेल भयो भने भोलीका दिनमा यस्ता फिल्म बनाउने छैनौं ।’ स्पेशल स्क्रिनिङमा फिल्म ‘घायल’ लाई उम्दा प्रतिक्रिया मिलेकोे उनी सम्झन्छन् । 
Most Visited News (monthly)