Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकन कमेडियन कार्ल रीनरको निधन

फिल्मीखबर, काठमाण्डौ, 2020/07/01
 
अमेरिकन कमेडियन, राइटर, एक्टर तथा डाइरेक्टर कार्ल रीनरको ९८ वर्षको उमेरमा निधन भएको छ । रीनरकी असिस्टेन्ट जूडी न्यागीका अनुसार, कार्लको क्यालिफोर्नियाको बेवर्ली हिल्सस्थित आफ्नै घरमा सोमवार राती निधन भएको हो । उनको निधनले हलिउड स्तब्ध भएको छ । सामाजिक सञ्जालमा हलिउड कलाकार तथा शुभचिन्तकहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
 
कार्लको हलिउडमा निकै ठूलो नाम छ । उनले आफ्नो सात दशकको करिअरमा सफलताको उचाई छोएका थिए । उनलाई बेस्ट प्रोड्यूसर, राइटर, कमेडियन र एक्टरको रुपमा चिन्ने गरिन्थ्यो । उनले टिभीदेखि फिल्मसम्म सफलता प्राप्त गरेका थिए । उनले ‘इट्स अ म्याड’, ‘म्याड वर्ल्ड’, ‘ह्याप्पी एनिभर्सरी’, ‘द जर्क’, ‘द रशियन्स आर कमिङ’ लागयतका फिल्ममा काम गरेका छन् ।
 
उनले ‘ओह गड’, ‘अल अफ मी’ लगायतका केही चर्चित कमेडी फिल्मको समेत निर्देशन गरेका थिए । उनले आफ्नो लामो अभिनय करिअरमा कयौं अवार्ड जित्न सफल भएका थिए । ११ वटा एमी अवार्ड र १ पटक ग्रामी पुरस्कार प्राप्त गरेका उनी रब रनर, अथर एनी रेनर, आर्टिस्ट लुकास रेनरका पिता हुन् । मानिसहरु उनलाई कमेडियनको रुपमा निकै मन पराउने गर्दथे ।
Most Visited News (monthly)