Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीले गरेको इशारा के हो ?

फिल्मीखबर, काठमाडौं, 2020/07/18
 
अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीच गएको हप्तासम्म सामाजिक सञ्जालमा जुहारी चलेको थियो । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूमाथि नराम्रो व्यवहार गरेको र जापान अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै फेसबुकमा आक्रोशपूर्ण स्टाटससँगै कलाकार संघमा साम्राज्ञीविरुद्ध उजुरी पनि दिए । 
 
अभिनेता केसीले साम्राज्ञीलाई पितातुल्य व्यक्तिको सामाजिक सञ्जालमार्फत् झुटा र अनर्गन प्रचार नगर्न र पुनः यस्ता गतिविधि दोहोर्‍याए साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी समेत दिएका थिए । यसपछि साम्राज्ञीले सामाजिक सञ्जालमा अर्को कुनै भिडियो सार्वजनिक गरेकी छैनन् । भुवन भने केही सञ्चारमाध्यममा आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठेको भन्दै दुखेसो पोखिरहेका छन् । 
 
यसबीच, साम्राज्ञीले शनिवार इन्टाग्राममा एक पोस्ट गर्दै आफूले केही नगरेको भनेर लेखेकी छन् । अभिनेता केसीले अन्तर्वार्तामा आफूमाथि झुटा आरोप लगाइएको भन्दै अभिव्यक्ति दिइरहँदा साम्राज्ञीको यो वाक्यांशलाई दुई रुपमा अर्थ्याउन सकिन्छ । पहिलो, उनी अब विवाद लम्ब्याउने पक्षमा छैनन् । दोस्रो, आफूले गल्ती नगरेकाले चिन्तारहित रहेको उनको आशय हुनसक्छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Not done with anything 🌸

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

अभिनेता भुवन केसीको उजुरीपछि साम्राज्ञीले मौखिक जवाफमा आफूले भिडियोमा कुनै व्यक्तिको नाम नलिएको र भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेकोले आफू बोल्न बाध्य भएको बताएको संघले जनाएको छ । यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको पनि संघलाई मौखिक जवाफमा साम्राज्ञीले भनेको जानकारी प्राप्त छ ।
Most Visited News (monthly)