Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

परमिताको मनपर्ने अभिनेत्री मिरुना

फिल्मीखबर, काठमाण्डौ, 2020/07/19
 
अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगरको मित्रता उदाहरणीय छ । अभिनेत्रीबीच सुमधुर सम्बन्धको खडेरी रहेको अवस्थामा उनीहरु भने एकअर्कासँग निकै नजिक छन् । फिल्म ‘रोज’ मा उनीहरुले सँगै काम गरेका थिए । यसमा परमिता अभिनेता प्रदीप खड्काको प्रेमिका र मिरुना वकिलको भूमिकामा थिए । फिल्ममा उनीहरु एउटै फ्रेममा भने देखिएका थिएनन् । 
 
शनिवार अभिनेत्री मिरुनाले आफ्नो जन्मदिन मनाइन् । कोरोनाका कारण लकडाउन घोषणा हुनुभन्दा केही हप्ता अगाडि पारिवारिक भेटघाटका लागि लण्डन पुगेकी उनलाई फिल्मकर्मी तथा प्रशंसकहरुले सामाजिक सञ्जालबाट जन्मदिनको शुभकामना दिएका छन् । सृष्टि श्रेष्ठ, सारा सिरपालीसँगै परमिताले पनि मिरुनाको तारिफ गर्दै जन्मदिनको शुभकामना दिएकी छन् । 
 
उनले मिरुना आफ्नो सबैभन्दा मनपर्ने अभिनेत्री रहेको पनि बताएकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘प्रतिभाशाली, विनम्र, दयालु, समर्पित र मेरो मनपर्ने नेपाली अभिनेत्रीलाई जन्मदिनको शुभकामना । तिमी जीवनमा सर्वश्रेष्ठको लायक छौं र म सधैं तिम्रो खुसी, शान्ति र समृद्धिको लागि प्रार्थना गर्नेछु ।’ उनले मिरुनाको सफलताबाट आफूलाई खुसी मिल्ने पनि बताएकी छन् । 
 
मिरुनाले फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म असफल भएको थियो । यसपछि उनले फिल्म ‘रोज’ मा काम गरिन् । यो फिल्म पनि चलेन । तर, यसबाट उनले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउन भने सफल भइन् । यसपछि उनले ‘साइनो’ र ‘चच हुई’ फिल्ममा काम गरिन् । अहिलेसम्म उनी अभिनीत कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । 
Most Visited News (monthly)