Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ वर्षदेखि जापानमा चलिरहेको छ ‘बजरंगी भाईजान’

एजेन्सी, मुम्बई, 2020/07/18
 
कबीर खान र सलमान खानलाई बलिउडको उत्कृष्ट निर्देशक र अभिनेताको जोडी रुपमा लिइन्छ । यी दुईले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ फिल्ममा सहकार्य गरेका थिए । दुवै सफल फिल्म हुन् । फिल्म ‘बजरंगी भाईजान’ रिलिज भएको ५ वर्ष भइसकेको छ । फिल्म रिलिजको ५ वर्षको अवसरमा निर्देशक कबीर खानले सामाजिक सञ्जालमा पुराना दिन याद गरेका छन् । 
 
इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै निर्देशक खानले लेखेका छन्, ‘एक फिल्म, जुन हाम्रो दिलबाट निस्किएको थियो र यो फिल्म सधैं मेरो लागि स्पेशल रहनेछ । किनकि, तपाईंहरुले ‘बजरंगी भाईजान’ लाई अपार प्रेम दिनुभएको थियो । तपाईंको सराहनाको लागि धन्यवाद ।’ उनले एक अर्को पोस्ट गर्दै फिल्म ५ वर्षदेखि जापानको थिएटरमा चलिरहेको पनि बताएका छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

5 years later it’s still running in some theatres in Japan 😊🙏🏼 #5YearsOfBajrangiBhaijaan

A post shared by Kabir Khan (@kabirkhankk) on

यो फिल्ममा सलमान खानसँगै हर्षाली मल्होत्रा, नवाजुद्दीन सिद्दीकी, करीना कपूर खानलगायतको अभिनय थियो । यसमा नवाजले चान्द नवाबको रोल निभाएका थिए, जसबाट उनलाई अलग पहिचान मिलेको थियो । त्यस्तै, फिल्ममा पवन सिंहको भूमिका सलमान खान र मुन्नीको भूमिका हर्षाली मल्होत्राले निभाएका थिए । यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरेको थियो । 
Most Visited News (monthly)