Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अलगिए उषा र सुधांशु?

फिल्मीखबर, काठमाण्डौ, 2020/07/19
 
अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बैबाहिक जीवनबाट अलग भएको खबर बाहिरिएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरुले २०७३ सालमा विवाह गरेका थिए । विवाह गर्नुभन्दा अगाडि उनीहरु करीब ४ महिना प्रेम सम्बन्धमा थिए । दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि यी दुई गएको ६ महिनायता अलग-अलग बस्दै आएको बुझिएको छ । 
 
अहिले सुधांशु अमेरिकाको भर्जिनिया र उषा बाल्टिमोरमा बस्दै आएका छन् । अग्नीलाई साक्षी राखेर श्रीमान्-श्रीमतीको नातामा गाँसिएको चार वर्षसम्म पनि उनीहरुले विवाह दर्ता नगरेको बुझ्नमा आएको छ। उषाले बारम्बार विवाह दर्ताका लागि आग्रह गर्दा पनि सुधांशु नमानेपछि उनीहरुबीच खटपट सुरु भएको बुझिएको छ । त्यसपछि उषाले भर्जिनिया छाडेर बाल्टिमोरमा बस्न थालेकी छन् । 
 
बुझिए अनुसार, केही समयअघि सुधांशु उषासँग कुरा गर्न बाल्टिमोर पुगेका थिए । तर, उनीहरुबीच सहमति हुन सकेन । पहिलो बैबाहिक सम्बन्ध टुंगिएपछि सुधांशुले उषासँग विवाह गरेका थिए । आइतवार आफ्नो जन्मदिन मनाइरहेकी उषालाई सुधांशुले ‘बर्थडे विस’ समेत गरेका छैनन् । दुवैले लामो समयदेखि एकअर्कासँगको तस्विर सामाजिक सञ्जालमा पनि राखेका छैनन्  ।  
 
लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उषाले केही भारतीय टिभी शृंखलामा पनि काम गरेकी थिइन् । नेपाली फिल्ममा उल्लेखनीय प्रगति नभएपछि मुम्बई हानिएकी उनी त्यसपछि अमेरिका गएकी थिइन् । सुधांशु जोशी पनि केही नेपाली फिल्ममा अभिनय गरेपछि अमेरिका पुगेका थिए । उनी फिल्म ‘सीमारेखा’ मा मुख्य अभिनेता थिए ।
Most Visited News (monthly)