Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्र अझै नखुल्ने

फिल्मीखबर, काठमाण्डौ, 2020/07/21
 
कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले चार महिना अगाडि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) मंगलबारबाट अन्त्य भएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने जानकारी दिएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् । 
 
चार महिना लामो लकडाउन अन्त्य भए पनि केही क्षेत्रमा प्रतिबन्ध कायमै रहेको छ । सिनेमा हल, शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलयहरु, पार्टी प्यालेस, चिडिया खाना, धार्मिक स्थललगायत भीडभाड हुने क्षेत्र अनिश्चितकालसम्म बन्द रहने अर्थमन्त्री खतिवडाको बताएका छन् ।  
 
नेपाली फिल्मकर्मीहरु लकडाउनको अन्त्य भएपछि फिल्म क्षेत्र खुल्ने अपेक्षामा थिए । तर, सरकारले अनिश्चितकालसम्म फिल्म क्षेत्रमा प्रतिबन्ध लगाएपछि फिल्मकर्मीहरु निराश र आक्रोशित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रमा समेत नपरेको फिल्म क्षेत्र लकडाउनको अन्त्य हुँदा पनि नखुल्ने भएपछि यस क्षेत्रमा आश्रित हजारौंको भविष्य संकटमा परेको छ । 
 
 
लकडाउन भएदेखि फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । सयौं सिनेमा हलमा बन्द छन् । प्रदर्शनको तयारीमा रहेका र छायांकनरत फिल्म रोकिँदा निर्मातालाई लाखौं क्षति भएको छ । फिल्ममा काम गरेर दैनिक गुजारा चलाउने प्राविधिकहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । यो अवस्थामा पनि सरकारले भने फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।
Most Visited News (monthly)