Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोविन्दा भन्छन्, ‘४-५ जनाको कन्ट्रोलमा छ फिल्म इन्डस्ट्री’

एजेन्सी, मुम्बई, 2020/07/21
 
बलिउडमा इनसाइडर र आउटसाइडरको बहस अलग स्तरमा पुगेको छ । गएको केही महिनायता कयौं कलाकारले यो मुद्धामा आफ्नो भनाई राखिरहेका छन् । हालै बलिउड अभिनेत्री कंगना रनावतको एक अन्तर्वार्तापछि एक समयकी चर्चित अभिनेत्री सिमी ग्रेवालले कंगनाको हिम्मतबाट आफू प्रभावित भएको बताएकी थिइन् । अब गोविन्दाले यो विषयमा आफ्नो भनाई राखेका छन् ।
 
९० को दशकका सुपरस्टार गोविन्दाले बलिउडमा चर्किएको नेपोटिज्मको विषयमा भनेका छन्, ‘मेरो पिता अरुण कुमार राजा र आमा निर्मला देवी कलाकार भए पनि मैले बलिउडमा आफ्नो स्थान बनाउन निकै मिहेनत गरेको थिएँ । त्यसबेला निर्मातासँग भेट्न मैले घन्टौं कुर्ने गरेको थिएँ ।’ उनले पछिल्लो समय ४-५ व्यक्तिले फिल्म इन्डस्ट्री कन्ट्रोल गरिरहेको समेत आरोप लगाएका छन् । 
 
हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै गोविन्दाले भनेका छन्, ‘पहिलो जो प्रतिभावान हुन्थे, उसलाई काम मिल्थ्यो । प्रत्येक फिल्मले थिएटरमा बराबर अवसरहरू पाउँथे । तर, अब यस्तो छैन । अहिले ४-५ व्यक्ति यस्ता छन्, जो फिल्मको पूरै विजनेश चलाउँछन् । कुन फिल्म रिलिज हुन दिने वा नदिने भन्ने निर्णय तिनीहरु गर्छन् । मेरै केही फिल्मलाई राम्रो रिलिज मिल्न सकेको थिएन ।’
 
आफ्नी छोरी टीना आहूजाको बलिउड प्रवेशलाई लिएर पनि गोविन्दाले भनेका छन्, ‘मैले टीनासँग यो विषयमा खासै कुरा गरेको छैन । मेरी छोरी आफ्नो बाटो आफैं खोज्ने कोशिश गरिरहेकी छन् र जब उसको समय आउँछ तब अवश्य सफल हुनेछिन् ।’ गोविन्दाका छोरा पनि बलिउडमा डेब्यू गर्न लागेको खबर छ । तर, उनका छोरा र छोरीलाई लञ्च गर्न कोही निर्माता तयार छैनन् ।
Most Visited News (monthly)