Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वर्ण युगकी हलिउड अभिनेत्रीको निधन

एजेन्सी, अमेरिका, 2020/07/27
 
दुई पटक अस्कार जितेकी हलिउडकी चर्चित अभिनेत्री ओलिभिया डी हेभिल्यान्डको निधन भएको छ । पेरिसमा रहेको घरमा सुतेको अवस्थामा उनी मृत भेटिएकी हुन् । उनको प्राकृतिक रुपबाट निधन भएको बताइएको छ । उनी १०४ वर्षकी भइन् । ६० वर्षदेखि उनी पेरिसमा बस्दै आएकी थिइन् । उनको टिमबाट लिसा गोल्डबर्गले ओलिभियाको निधनको जानकारी दिएकी हुन् । 
 
एकेडेमी अफ मोसन पिक्चर र आर्ट्स एन्ड साइन्सेसले ट्विट गर्दै भनेको छ, ‘दुई पटक सर्वश्रेष्ठ अभिनेत्रीको अस्कार अवार्ड जित्न सफल ओलिभिया डी हेभिल्यान्ड हलिउडकी स्वर्ण युग र अथाह प्रतिभाकी मुख्य आधार थिइन् । उनी हाम्रो उद्योगको एक वास्तविक कथा थिइन् ।’ हलिउड रिपोर्टर डटकमका अनुसार, उनको अन्तिम संस्कारलाई निजी राख्ने व्यवस्था गरिएको छ । 
 
जापानमा जन्मिएकी अभिनेत्री ओलिभिया सन् १९३५ देखि १९८८ सम्म पाँच दशकभन्दा लामो समय फिल्म अभिनयमा सक्रिय थिइन् । यो दौरानमा उनी ४९ फिल्ममा देखिइन् । उनलाई हलिउडको स्वर्ण युगकी अभिनेत्री समेत भन्ने गरिन्छ । ओलिभियाले हलिउड एक्सन सुपरस्टार एरोल फ्लिनसँग ‘क्याप्टन ब्लड’, ‘द एडभेन्चर्स अफ रोबिन हुड’ जस्ता कयौं हिट फिल्म दिएकी छन् । 
Most Visited News (monthly)