Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अंकितको फिल्मले जित्यो इटालीमा पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2020/07/27
 
अंकित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ इटालीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइएको फिल्मले एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म विधातर्फ पुरस्कार जितेको हो । विजेता बनेको यो फिल्मले ५ सय युरो प्राप्त गरेको छ । आफू निर्देशित फिल्म पुरस्कृत भएकोमा अंकितले खुसी व्यक्त गरेका छन् । 
 
यो फिल्म गएको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्टिभललगायत विभिन्न फिल्म महोत्सवमा पनि फिल्म प्रदर्शन भइसकेको छ । फिल्मले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितेको थियो । 
 
नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकित हाल अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरिरहेका छन् । उनले यो फिल्म थप केही फेस्टिभलमा छनौट भएको र त्यसको घोषणा हुन बाँकी रहेको बताएका छन् । छायांकारको रुपमा २० भन्दा बढी काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यू निर्देशित फिल्म हो । 
Most Visited News (monthly)