
‘धडक’ बाट बलिउडमा आफ्नो पाइला राखेकी स्वर्गीय श्रीदेवीकी छोरी जाह्रवी कपूर अभिनीत दोस्रो फिल्म ‘गुञ्जन सक्सेना : द करगिल गर्ल’ लाई लिएर जबरजस्त ‘बज’ बनिरहेको छ । जब फिल्मको पोस्टर रिलिज भयो, हर कोही यो फिल्ममा जाह्रवीको भिन्न रुप हेर्न उत्साहित थिए । यसबीच, डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको फिल्मको ट्रेलर शनिवार सार्वजनिक भएको छ ।
ट्रेलरमा जाह्नवी कपूरको अभिनय जबरजस्त देखिएको छ । उनले भारतीय वायुसेनाको फ्लाइंग अफिसरको भूमिकामा आफूलाई जीवन्त रुपमा उतारेकी छन् । ट्रेलरमा करगिल युद्धको पनि केही झलक देखाइएको छ । गुञ्जन सक्सेना वायुसेनामा आएपछि हुने ठूला-ठूला परिवर्तनलाई ट्रेलरमा आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । यो फिल्म १२ अगस्टमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।
फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ लाई शरण शर्माले निर्देशन गरेका हुन् । जी स्टूडियो र धर्मा प्रोडक्सनले निर्माण गरेको यो फिल्ममा जाह्नवीका अलावा पंकज त्रिपाठीको पनि महत्त्वपूर्ण भूमिका छ । यो फिल्म इन्डियन एयरफोर्स पाइलट गुञ्जन सक्सेनाको बायोपिक हो । यो फिल्मका लागि जाह्नवीले लुक्स परिवर्तनमा निकै मेहेनत गरेकी थिइन् भने ८ केजी तौल घटाएकी थिइन् ।
ट्रेलर हेर्नुहोस् :-

