Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म पाउन कसैसँग अफेयर गरिनँ : रवीना

एजेन्सी, मुम्बई, 2020/08/06
 
रवीना टन्डन ९० को दशककी सबैभन्दा सफल अभिनेत्रीमध्ये एक हुन् । उनले ‘मोहरा’, ‘पत्थर के फुल’, ‘अन्दाज अपना अपना’, ‘लाडला, ‘दूल्हे राजा’ सहित कयौं सफल फिल्ममा काम गरेकी छन् । पिंकविलासँगको कुराकानीको क्रममा उनले बलिउडमा आफ्नो कोही गडफादर नभएको, कुनै ग्रुपसँग नजिक नभएको र आफूलाई प्रमोट गर्ने कुनै हिरो पनि नभएको बताएकी छन् । 
 
उनले भनेकी छन्, ‘फिल्ममा रोल पाउन हिरोसँग अफेयर गर्न र शारीरिक सम्बन्ध राख्न म तयार थिइनँ । कति कुरामा मलाई एरोगेन्ट भनिन्थ्यो, किनकि म त्यस्तो गर्दिन थिएँ, जुन मानिसहरु चाहन्थेँ । म कसैको इशारामा चलिनँ । हिरोले भनेपछि उठ्ने वा बस्ने पनि गर्दिन थिएँ ।’ अभिनयमा सक्रिय रहँदा पत्रकारले आफूमाथि कयैन् नराम्रा आर्टिकल लेखेको पनि उनको भनाई छ । 
 
रवीना बलिउडसँग जोडिएको विभिन्न विषयमा आफ्नो विचार राखिरहेकी हुन्छिन् । सुशान्तको निधनपछि करण जोहरको भइरहेको आलोचनाबारे रवीना भन्छिन्, ‘किन एक निर्माता कलाकारलाई करोडौं पारिश्रमिक दिएर फिल्ममा साइन गर्छ र आफ्नो करोडौं दाउमा लगाउँछ ? कसैको करिअर बर्बाद गर्न किन कोही पैसा र समय बर्बाद गर्छ ? यति नराम्रो आरोप लगाउँदा कसलाई के मिल्छ ?’
Most Visited News (monthly)