Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको पनि कोरोना रिपोर्ट नेगेटिभ

फिल्मीखबर, काठमाडौं, 2020/08/10
 
अभिनेता अनमोल केसीको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहाको एक स्कूटरको विज्ञापनका लागि फोटोसुट गराएका थिए । त्यसबेला उपस्थित भएकी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनमोल र उपासना कन्टयाक्ट ट्रेसिङमा परेका थिए । र, उनीहरुको कोरोना परीक्षण गरिएको थियो । 
 
शुक्रवार साँझ उपासनाले ह्याम्स अस्पतालबाट प्राप्त रिपोर्ट इन्स्टाग्राममा सार्वजनिक गर्दै आफूमा कोरोना संक्रमण नदेखिएको जानकारी गराएकी थिइन् । अनमोलको भने आइतवार रिपोर्ट आएको हो । उनले स्वाब दिइसकेपछि रिपोर्ट नआउँदासम्म डर लागेको भए पनि अब ढुक्क भएको बताएका छन् । कोरोना परीक्षण गराएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । 
 
चार महिना लामो लकडाउनमा घरभित्रै सीमित रहेका अनमोल अहिले भने विभिन्न कम्पनीका विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् । लकडाउन अगाडि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनका लागि पोखरामा थिए । सरकारले फिल्म निर्माणको अनुमति दिएपछि उनले यो फिल्मको बाँकी छायांकन सुरु गर्नेछन् । यसपछि उनको पाइपलाइनमा ‘पारस’ र ‘एन्टी हिरो’ छ । 
Most Visited News (monthly)