Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाश सुवेदीले माफी माग्दै भने- ‘म चुकेकै हो’

फिल्मीखबर, काठमाण्डौ, 2020/08/10
 
एपी वान टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा छुद्र शब्द उच्चारण गरेपछि विवादमा तानिएका पत्रकार प्रकाश सुवेदीले आइतवार साँझ यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् । पछिल्लो श्रृंखलामा उनले कसैको नाम नलिइ ‘दारा’ शब्द प्रयोग गरेका थिए । राष्ट्रिय टेलिभिजनमा यसप्रकारको शब्द प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ । 
 
अभिनेत्री पूजा शर्माले उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै आपत्ति जनाएपछि फिल्मकर्मीहरुले पनि पत्रकार सुवेदीको विरोध गरिरहेका छन् । आइतवार पूजाले विभिन्न फिल्म सम्बद्ध संघ संस्थामा उजुरी दिएपछि सोही साँझ पत्रकार सुवेदीले माफी माग्दै आफूले बोल्नै नहुने शब्द बोलेको स्वीकार गरेका छन् । भोलीका दिनमा शब्द चयनमा ध्यान पुर्‍याउने पनि उनले बताएका छन् । 
 
उनले भनेका छन्, ‘कार्यक्रममा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशेषप्रति लक्षित थिएन । प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । मेरो भन्ने शैली अलि फरक भयो होला । मैले भन्ने खोजेको कुराको अर्थको अनर्थ लाग्न गयो होला । मेरो मुखबाट फुत्किएको दारा भन्ने शब्द वास्तवमा फुत्किनु हुँदैन थियो । गल्ती भयो । भविष्यमा शब्द चयन गर्दा ध्यान पुर्‍याउनेछु ।’
 

 

क्यामेरा पछाडि आफूले केही फिल्मकर्मीलाई यीनै शब्द प्रयोग गरेर जिस्कने गरेको भएता पनि क्यामेरा अगाडि यी शब्द बोल्न नहुने र आफूबाट गल्ती भएको उनले स्वीकारेका छन् । ‘म चुकेकै हो । मैले माफी माग्नै पर्छ । तर, मेरो भनाई कसैप्रति लक्षित थिएन । यस्ता शब्दहरु नेपाली फिल्ममा बढि बोलिने भएका कारण मलाई बानी परेको होला । माफी चाहन्छु,’ उनले भनेका छन् ।
Most Visited News (monthly)