मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 745 - 750 of 22588
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १२, सोमवार

नेपाली फिल्म हलमा भन्दा ज्यादा प्रिमियरमा प्रशंसित र सुपरहिट हुन्छन् । प्रायः नेपाली फिल्मको प्रिमियरमा हलको सिट नै खाली हुँदैन । प्रशंसा उस्तै ओइरो आउँछ । हलमा निदाएर उठेकाहरु पनि मिडियाको अगाडि प्रशंसाको पूल बाँधिदिन्छन् । र, त्यसलाई जित ठानेर फिल्मकर्मीहरु गदगद भइरहेका हुन्छन् । तर, जब फिल्म रिलिज हुन्छ, तब माहोल नै अर्कै देखिन्छ । प्रिमियरमा ‘हाउसफुल’ भएको फिल्म हलमा दर्शक अभावले दुई दिन पनि टिक्न सक्दैन ।

एजेन्सी, काठमाडौं, २०८१ कार्त्तिक ११, आईतवार

कुनै बेला बलिउडको छायाँमा परेको साउथ यतिबेला हलिउडलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँ स्टारहरुको पारिश्रमिक पनि उतिक्कै चुलिँदो छ । सर्वाधिक पारिश्रमिक बुझ्नेमा अहिले साउथकै स्टारहरु अगाडि छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ११, आईतवार

सहायक भूमिकामा रुचाइएका कलाकार हुन्, विजय बराल । ‘कबड्डी’मा निभाएको ‘बिके’ चरित्रले उनलाई कलाकारितामा स्थापित गरेको थियो । यसपछि उनी ‘बिके’कै शैलीको चरित्रमा बढी देखिए । तर, यही कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा उनले भूइँमान्छेको चरित्र बाँचेका छन् । अर्थात् गन्धर्वको भूमिकामा छन् । यसमा उनलाई तन्नेरी र बुढ्यौली दुई अवस्थामा देख्न सकिन्छ । टिजर र ट्रेलरमा उनको अभिनय मर्मस्पर्शी छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ११, आईतवार

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ घरेलु बक्स अफिसमा कीर्तिमान बनाउने बाटोमा छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा तिहार विदाभित्र ‘कबड्डी ४’ले बनाएको लगभग २३ करोडको ऐतिहासिक रेकर्ड तोडिन सक्ने देखिन्छ । तेस्रो हप्ताको शनिबारसम्म फिल्मले १९ करोडको आँकडा नघाएको छ । फिल्मको अनपेक्षित सफलताले फिल्म क्षेत्र नै आश्चर्यमा छ । 

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ११, आईतवार

निर्देशक ऋषि लामिछानेले ८ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । कमेडी कथावस्तुमा बन्न लागेको फिल्मबाट उनी निर्देशनमा फर्किन लागेका हुन् । आगामी माघ १५ गतेबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने अहिले सार्वजनिक गरिएको छैन । यद्यपि, नाम तय भइसकेको छ । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शनमा आएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘सरी ल’, ‘श्रीमान् श्रीमती’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १०, शनिवार

बोक्सी कुप्रथाविरुद्धको फिल्म ‘अग्निदहन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दाई दाई नभन मलाई’ बोलको लोक लयको गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको युगल गायन छ भने परशुराम अधिकारीको संगीत तथा लोकमणि पौडेलको शब्द रचना छ । गीतको भिडियोलाई विवाहको सेटअपमा तयार पारिएको छ, जहाँ महिलाहरु रत्यौलीमा रमाइरहेका छन् ।

Results : 745 - 750 of 22588