
पछिल्लो समय फिल्मको लगानी उठाउन नेपाली निर्माता हलको व्यापारमा मात्र निर्भर हुनुपर्ने अवस्था छैन । विदेश राइट्स पनि आम्दानीको राम्रो स्रोत बनेको छ । अझ सफल फिल्मको सिक्वेल र सिरिज हुनुपर्छ, निर्माण नहुँदै विदेश राइट्सबाटै लगानी उठिसक्छ । नाम चलेका कलाकारका फिल्म पनि सजिलै बिक्री हुने गरेका छन् । विदेश राइट्स बिक्री वितरणको ‘ट्रेन्ड’ले नेपाली निर्मातालाई धेरै ठूलो राहत दिएको छ ।

यही कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को चरणबद्ध रुपमा पोस्टर तथा टिजर सार्वजनिक भइरहेका छन् । दुई चरणमा टिजरपछि शुक्रबार दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका दुई प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई गम्भीर भावमा प्रस्तुत गरिएको पोस्टरले उनीहरुको मनोभाव दर्शाउँछ । पृष्ठभूमिमा अखबारको पृष्ठ छ, जसमा विभिन्न शीर्षकमा प्रकाशित छन् ।

नेपाली र साउथ कलाकारहरुको ‘पल्टन’ लिएर निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ६ करोडमाथिको बजेटमा निर्माण भएको फिल्मलाई नेपालीसहित हिन्दी र तेलुगू भाषामा पनि तयार पारिएको छ । त्यसमध्ये नेपाली र हिन्दी संस्करणलाई एकै मितिमा रिलिज गरिने निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले जानकारी दिएकी छन् ।

दशैंका दुई ‘ब्लकबस्टर’ फिल्म ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा अझै आफ्नो पकड गुमाएका छैनन् । उच्च शो र अकुपेन्सीसहित दुवै फिल्मले तेस्रो हप्तामा पनि आक्रामक व्यापारलाई जारी राखेका छन् । तिहारसम्म यो गति रोकिने छाँटकाँट देखिँदैन । यी दुई फिल्मको चुनौतीका बीच शुक्रबारबाट भने फिल्म ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । तर, यसलाई हलमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ नै ठूलो ‘थ्रेट’ हुन् ।


नेपालमा कट्टर दुश्मन मानिएका अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको मिलन मिडियामा चर्चाको विषय बनिरहँदा अमेरिकामा दुई अभिनेत्री रञ्जना शर्मा र रुपा उपाध्यायबीचको लफडाले सामाजिक सञ्जाल तताएको छ । रुपाले आफ्नो घरबाट रञ्जनालाई निकालेको भिडियो फेसबुकमा सेअर गरेपछि उनीहरुबीचको विवाद छताछुल्ल भएको हो । यो दशैंपछिको घटना हो ।