Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’मा पनि आमा-छोरा बन्दै विपना र पल

फिल्मीखबर, काठमाडौं, 2026/03/23

aa bata aama

 

यस वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को अब दोस्रो श्रृंखला निर्माण हुँदैछ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टरमार्फत ‘आ बाट आमा २’को निर्माण घोषणा गरिएको थियो । अब यसका निर्देशक चन्द्र पन्त कलाकारहरू अनुबन्धित गर्ने प्रक्रियामा जुटेका छन् । सोमबार उनले पल र विपना थापासँग एकसाथ लिखित सम्झौता गरे । 

‘आ बाट आमा’मा विपना र पल आमा-छोराको भूमिकामा थिए । दोस्रो भागमा पनि उनीहरू सोही भूमिकामा देखिने जनाइएको छ । फिल्ममा अनुबन्धित भएपछि विपनाले मिडियासामु खुसी व्यक्त गर्दै दोस्रो भागमा काम गर्दैगर्दा अझ जिम्मेवारी थपिएको महसुस भएको बताइन् । फिल्मलाई पहिलो भागभन्दा उत्कृष्ट बनाउनुपर्ने ठूलो चुनौती रहेको उनको भनाइ छ ।

त्यस्तै, पलले फिल्मको दोस्रो भागमा पनि आफूलाई विश्वास गरेकोमा निर्देशक पन्तलाई धन्यवाद दिए । उनले भने, ‘म औंलामा गन्न सकिने टिमसँग मात्र नजिक छु । कुनै निर्देशकसँग म यति नजिक भएको चाहिँ चन्द्र दाइसँग हो । उहाँले मलाई अभिभावक जसरी फिल्ममा काम गराउनुभयो । अब ‘आ बाट आमा २’मा पनि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु ।’

आगामी बैशाखमा छायांकन गरेर दशैंमा रिलिज गर्न लागिएको यस फिल्ममा पल र विपनाबाहेक अरू कलाकार निश्चित भएका छैनन् । फिल्मको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका थियो । उनीहरूमध्ये उषा भने दोस्रो भागमा दोहोरिन सक्ने सम्भावना रहेको फिल्म निकट स्रोतले जनाएको छ ।