Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचल शर्मा अभिनीत ‘एक मुठ्ठी बादल’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/04/26

Aanchal Sharma, Nisha Sharma, Usha Rajak

 

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच २ मिनेटभन्दा लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याइएको हो । ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । 

अभिनेत्री आँचल शर्मालाई केन्द्रमा राखिएको ट्रेलरमा एउटा संयुक्त परिवारको कथा प्रस्तुत गरिएको छ, जहाँ विवाहको तयारी चलिरहेको देखिन्छ । तर, बेहुली बन्न लागेकी युवती भने खुसी देखिन्नन् । त्यही क्रममा एक घटनाले परिवारमा द्वन्द्व सिर्जना भएको देखिन्छ । ट्रेलरले समग्रमा फरक पुस्ताबीचको वैचारिक टकराव र व्यक्तिगत आकांक्षालाई उजागर गर्ने प्रयास गरेको छ ।

यस फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् । 

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको यस फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन छ । 

 

Most Visited News (monthly)