Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 2.62/5.00)
Text size:-
+
-

Breaking : हिरोइनले आत्महत्या गरिन् / बालदीप राई प्रहरीको नियन्त्रणमा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/12

हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन् । 

 
ईटहरीकी जेसिका नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन् । उनले आवाज पछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिईन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी एक पात्र हुन् ।
 
यस्तै घटना स्थलमा पुगेका फिल्मीखबरका प्रधानसम्पादक सुमन गैरेले राति साढे १२ बजेको समय सम्म जेसिकाको फोन कल रेकर्ड देखिएको घटना स्थलमा रहेका प्रहरीको भनाई उदृत गर्दै जानकारी गराएका छन् । दोस्रो तल्लामा डेरा गरी बस्ने २३ बर्षे जेसिकाले सलले पासो लगाएकी हुन् ।
 

 

जेसिकाको साथमा उनको प्रेमी र भाई रहेका छन् । भाई सानो भएको कारण प्रहरीले केही घण्टा लाश बुझेको थिएन तर 'अचानक' भन्ने फिल्मका प्रोड्यूसर सरोज शर्मा घटना स्थलमा आएपछी प्रहरीले बिहान १० बजे पोष्ट मार्टमका लागि  लाश बुझेको छ । पोष्टमार्टम टिचिङ हस्पिटल महारागंजमा गरिने छ । जेसिकाको बुवा दिउँसो २ बजे काठमाण्डू आउदैछन् त्यस पश्चात दाहसस्कारको कार्यक्रम गरिने बताईएको छ ।
 
 
बालदीप राई प्रहरीको नियन्त्रणमा  
 
प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । सम्पादक गैरेका अनुसार अन्तिम कल रेकर्ड उनीसंग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

जेशिकाद्धारा अभिनित फिल्म 'मेरो माया तिमीलाई' को गीत हेर्नुस्