मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे

फिल्मीखबर, काठमाडौं, 2024/03/27

six nepali movie

 

गत मंसिरदेखि माघसम्म ५ वटा फिल्म प्रदर्शनमा आए । जाडो मौसमका कारण फिल्म रिलिजमा कमी आएको थियो । त्यसमध्ये फिल्म ‘दयारानी’ले मात्र लगानी सुरक्षित गर्‍यो । चलचित्र विकास बोर्डको तथ्यांकमा फिल्मको लाइफटाइम कलेक्सन २ करोड ६० लाख ग्रस छ । फागुन महिनामा भने फिल्म रिलिजको बाढी नै देखियो । यो एक महिनामा मात्र ६ वटा नेपाली फिल्म प्रदर्शन भए ।

फागुन पहिलो हप्ता अर्थात् ४ गते प्रदर्शनमा आएको आकाश मगर निर्देशित फिल्म ‘जिग्री’ दुई दिन पनि हलमा टिकेन । त्यसपछि फागुन ११ गते मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शन भएको थियो । फिल्मको सुरुवाती व्यापार सन्तोषजनक देखिए पनि हलमा लामो यात्रा गर्न सकेन । फिल्मले करिब ५५ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त छ । अर्थात् फिल्म असफल भयो ।

फागुन १८ गते प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ भने बक्स अफिसमा औसत सावित भयो । फिल्मले चौंथो हप्ताको अन्त्यसम्म २ करोड ३५ लाखमाथि ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त छ । फागुनमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड नै ‘अगस्त्य’ले बनाएको छ । तर, यति व्यापारले फिल्मको लगानी सुरक्षित हुँदैन । यद्यपि, यो अंकलाई सन्तोषजनक मान्न सकिन्छ ।

फागुन २५ गते भने त्रिपक्षीय भिडन्त भएको थियो । ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ गरी तीन फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । तर, यी कुनै फ्लप हुनबाट जोगिन सकेनन् । ‘काँडेतार’लाई निर्माताले दुई दिनमै हलबाट उतारेका थिए भने ‘उपहार’ र ‘रंगेली’ले कलाकारलाई तिरेको पारिश्रमिकको एक तिहाई पनि नउठाउने देखिन्छ । यसरी हेर्दा फागुनमा दश करोडको लगानी डुबेको छ ।