Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिशा अभिनीत ‘तिलस्मी’ पुष २४ मा

फिल्मीखबर, काठमाडौं, 2026/11/13

tilasmi movie

 

काठमाडौं । तारा अधिकारीको निर्देशनमा बनेको फिल्म ‘तिलस्मी’ पृथ्वी जयन्तीको अवसर पारेर पुष २४ गते (८ जनवरी)बाट प्रदर्शनमा आउने भएको छ । निर्माताले यसै साता फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सुनिशा बजगाईं, जाहन्वी बस्नेत र महेश खड्का देखिएका छन् ।

टौवा क्रियसनले तयार पारेको पोस्टरमा सुनिशा र जाहन्वीले महेशको ज्याकेटको कलर समातेर तानिरहेको देख्न सकिन्छ । जाहन्वीले सिउँदोमा सिन्दुर र गलामा पोते लगाएकी छन् । सुनिशा भने अविवाहित देखिन्छिन् । यसले विवाहेत्तर सम्बन्धको कथामा फिल्म आधारित रहेको संकेत गर्छ । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे कुनै जानकारी दिएको छैन ।

सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुनिशा जाहन्वी र महेशसहित आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की, सुभाष भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । निर्देशक अधिकारी स्वयंको कथा तथा निर्माण रहेको फिल्ममा बाबुराम निरौलाको पटकथा तथा संवाद लेखन छ । फिल्मका गीतमा सुमन केसी र किरण कँडेलले संगीत दिएका छन् ।

पारिवारिक कथावस्तुमा आधारित फिल्ममा विनोद बलको छायांकन, नहकुल खड्काको सम्पादन, अमित श्रेष्ठको ध्वनि संयोजन, पार्किष गिरी र अमित श्रेष्ठको पार्श्व संगीत, राजीव समरको कोरियोग्राफी तथा राजेन्द्र मोक्क्तानको रंग संयोजन छ । फिल्मको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले संयुक्त रूपमा गर्नेछन् ।