Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मातृभूमि’को ट्रेलरमा सलमान र अनुप आमनेसामने

फिल्मीखबर, काठमाडौं, 2026/11/11

salman khan and anoop bikram shahi

 

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको वार ड्रामा फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलर सार्वजनिक गरिएको छ । अपूर्व लखियाको निर्देशन तथा सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भारतीय र चिनियाँ सैनिकबीचको घमासान झडपलाई देखाइएको छ । 

साढे चार मिनेट लम्बाइको ट्रेलरमा पूरापूर सलमान खान हाबी छन् । भारतीय सेनाका कर्नेलको भूमिकामा रहेका उनलाई बहादुर सैनिकको रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नेपाली अभिनेता अनुप विक्रम शाहीलाई पनि सलमानकै हाराहारीमा ‘स्क्रिन स्पेस’ दिइएको छ । उनी चिनियाँ जनमुक्ति सेनाका मेजरको भूमिकामा देखिएका छन् । उनका संवाद चिनियाँ भाषामै छ । 

ट्रेलरमा देखाइएअनुसार अनुप युद्धभन्दा पनि शान्ति चाहन्छन् । त्यसका लागि उनी कोर्ट मार्शल (सैनिकमाथि चलाइने मुद्दा) भोग्न पनि तयार छन् । तर, ट्रेलरको अन्तिममा सलमान र अनुपबीच लडाइँ भएको देख्न सकिन्छ । एक दृश्यमा भने अनुप सलमानको अघि हात जोडेर निहुरिएका छन् । ट्रेलरले फिल्ममा अनुपको भूमिका सशक्त रहेको संकेत गर्छ ।

४ डिसेम्बर (१८ मंसिर)मा प्रदर्शन हुन लागेको यो फिल्म सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच भएको झडपमा आधारित छ । फिल्ममा भारतीय सैनिकहरूको साहस, बलिदान र उनीहरूका परिवारले भोग्नुपरेको संघर्षलाई प्रस्तुत गरिएको छ । सलमान खानले फिल्ममा स्व. कर्नेल बिक्कुमल्ला सन्तोष बाबु (महावीर)को भूमिका निर्वाह गरेका छन् ।