Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ककाकिकी’को ट्रेलरमा अस्पताल बनाउन बैंक लुट्ने योजनाको कथा

फिल्मीखबर, काठमाडौं, 2026/11/14

kakakiki

 

काठमाडौं । हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ । ग्रामीण परिवेशमा आधारित फिल्मले स्वास्थ्य चौकी नै नभएको कुलेबारी गाउँको कथा पेस गरेको छ । 

दुई दशकअघिको चर्चित गीत ‘मायाले बाध्यौ लौ रेशम’लाई पृष्ठभूमिमा राखेर तयार पारिएको ट्रेलरमा अस्पताल बनाउन सिंगो गाउँ नै बैंक लुट्ने योजनामा जुटेको देखाइएको छ । तर, आँट भने कसैमा छैन । यस्तोमा गाउँलेहरूले निकाल्ने अनेक जुक्तिलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ । तर, एउटै गीतलाई ट्रेलरभरि समेट्दा कथाको प्रवाह भने बिथोलिएको छ ।

‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, खड्गबहादुर पुन (खबपु), पवन खतिवडा (म्याकुरी), रेअर राईलगायतका कलाकारहरूको अभिनय छ ।

आगामी मंसिर ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा सरोज भण्डारी, विकास अर्याल र बिक्की अग्रवालको कथा तथा संवाद लेखन छ भने पटकथा बिक्की स्वयंको हो । फिल्मका निर्मातामा श्रृद्धा प्रसाईं र सुमित्रा थापा रहेका छन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन विक्रम शाहको सम्पादन, नवीन चौधरीको मास्टरिङ तथा शिशिर ठटालको पार्श्व संगीत छ ।