मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०७० पौष २३, मंगलवार

नेपालमा फिल्मका दर्शक बढेको बढ्यै छन् । त्यस अनुपातमा फिल्म निर्माणको क्रम पनि बढिरहेका छन् । तर, बिडम्बना दर्शकलाई बाँध्न सक्ने फिल्म बन्न सकेनन् । नारायणगढस्थित ईन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक बामदेव अधिकारी टिकट काटेर हल भित्र छिरेपछि उठ्नै मन नलाग्ने फिल्म बन्न नसक्नुनै हिन्दी फिल्मको हस्तक्षेप बढ्नुको प्रमुख कारण रहेको ठान्छन् । उनी भन्छन्- ‘फिल्म निर्माणको बाढि आएपनि दर्शकलाई सन्तुष्टी दिनसक्ने फिल्म अत्यन्तै कम आए ।’

फिल्मीखबर, काठमाण्डौ, २०७० पौष ९, मंगलवार

कस्ट्युम डिजाइनरको काम भनेको कसैका लागी कपडा डिजाइन गर्नु हो जसको लागी डिजाइनरले कपडा बनाउँछ, उसको रङ्ग, रुप, आकार, कपडाको चयन र कुनै अवसरलाई लिएर दिमागमा पहिले डिजाइन बनाउनु र त्यसपछि पहिराउनु हो । त्यसैगरी, स्टाइलिस्टको काम कुनै पनि कपडा चाहे त्यो रेडिमेट होस् या कुनै डिजाइनरको या त साधारण भन्दा साधारण कपडा पनि मिलाएर गरेर त्यसमा जसको लागि त्यो कपडा पाहिराइदिने हो उसैको शारीरिक बनावट, रुप, रङ्ग हेरेर उसलाई लगाइदिनु पर्नेछ । जसमा गर गहनाको सहायताले कहिले काहिं पूर्ण रुप दिने गर्दछ । तर, सम्पूर्ण चिजलाई मिसाउनु र भए भरका चिजलाई लगाउनु पनि स्टाइलिस देखिनु होइन । यी उल्लेखित सबै चीजहरुको सही संयोजन र प्रायोजन नै 'स्टाइल' हो ।

 

शिशिर चालिसे, काठमाण्डौ, २०७० पौष ६, शनिवार

एउटा फूल फूल्छ, ओईलाउँछ अनि झर्छ । वसन्तको बहार पनि गृष्म, शरद हुँदै शिशिरसम्म आइपुग्दा उजाड बनिसकेको हुन्छ । यो प्रकृतिको नियम हो यसलाई बदल्न संसारको कुनै पनि शक्तिले सक्दैन । एउटा मानिस पनि जन्मन्छ समयसँगै ठूलो हुँदै जान्छ बूढो हुन्छ अनि एक दिन मर्छ । यो प्रकृतिको नियमित प्रकृया हो चलिरहन्छ ।

नारायण वाग्ले, काठमाण्डौ, २०७० मंसिर २०, बिहिवार

लेखक धरावासीलाई एक पाखे झोला भिरेर हिँडिरहेको भेटिन्छ । उनको ध्याउन्ना भने अरुका झोलामा के कस्ता पोका पुन्तरा छन् भन्ने खोजीनीति गर्ने हुन्छ । फिल्मको आरम्भ र अन्त्यमा उनी आफैं उपस्थित भएर इतिहासको एउटा कठोर सामाजिक पोया फोएका छन् जसले नेपाली फिल्म इतिहासकै सम्भवतः केही उत्कृष्ट दृश्यहरु दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर ७, शुक्रवार

ज्यानमारा केसमा जेल परेर आउनु भएका एकजना व्यक्तिले समेत मैंले लाजमर्दो र बेइज्जत हुने काम गरे भन्नुभयो । मैंले मन मनै सोचें, कृषि प्रधान देशका सन्ततीको सोचाइ यस्तै हुने हो त ? देशका हरेक तहका व्यक्ति अन्न र साग सब्जी नै खान्छन् । मेरो बेइज्ज भयो भन्ने ती दाजुले जेलमा हुंदा चाहि के खाए होलान् ?

Results : 16 - 20 of 97