मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

डा. टीकाराम पोखरेल, काठमाण्डौ, २०७१ भाद्र ४, बुधवार

नायिकाहरुले कथाले मागे अनुसार कपडा खोल्छु भनेकै छन् । त्यसैले कथा लेख्दा नायिकाको कपडा सकेजति माग्नुस् । तपाईँले कपडा माग्न डराउनु पर्दैन, मात्र हिम्मत भए पुग्छ । कथाले कपडा माग्छ कि कपडाले कथा माग्छ भन्ने बहस पनि छ । तर कपडाले कथा मागे पनि कथाले कपडा मागे पनि उस्तै कुरा हो ।

दीपेन्द्र लामा, काठमाडौं, २०७१ श्रावण २६, सोमवार

काठमाडौं-सहरबजारका मुख्य चोकहरूमा फिल्म 'कोहिनूर' का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै शोक मनाइरहे।

डा. टीकाराम पोखरेल, काठमाण्डौ, २०७१ आषाढ ९, सोमवार

२०७१ सालको प्रारम्भमै नेपाली फिल्म संसारलाई एउटा सुखद समाचार आयो । जेठको दोस्रो हप्ता श्रीलंकाको राजधानी कोलम्बोमा सार्क साँस्कृतिक केन्द्रद्वारा आयोजना गरिएको दक्षिण एसियाली फिल्म महोत्सवमा दुई नेपाली फिल्म ‘साँघुरो’ र ‘झोला’ले अवार्ड हात पारे । जोयस पाण्डे निर्देशित साँघुरोले जुरी अवार्ड र सिल्भर फिचर फिल्म अवार्ड गरी दुईवटा विधाको अवार्ड आफ्नो पोल्टोमा पार्‍यो भने यादव भट्टराई निर्देशित झोलाकी नायिका गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । 

सामीप्य तिमल्सेना, काठमाण्डौ, २०७१ ज्येष्ठ ७, बुधवार

भुवन चन्ददेखि रिश्मा गुरुङसम्मको ५० वर्षे कालखण्डमा सयकडौं अभिनेत्रीले नेपाली फिल्ममा उपस्थिति देखाए । केहीले आफूलाई अब्बल साबित पनि गरे तर धेरै कर्कलाको पातमा शीतको थोपाझैं केही बेर टल्किए र घामसँगै सुकेर गए । यो अवधिमा आएका कति नारी प्रतिभा हिरा हुँदाहुँदै चम्किन पाएनन्, कति त कोइलामै सीमित भए ।

फिल्मीखबर, काठमाण्डौ, २०७१ वैशाख २९, सोमवार

यतिखेर नेपाली फिल्म क्षेत्रको अवस्था केही आशा लाग्दो छ । केही फिल्महरु चल्न थालेका छन् भने प्रविधिको प्रभावसँगै फिल्म क्षेत्र केही सकारात्मक बाटोमा अगाडी बढिरहेको छ । जतिखेर फिल्म चल्छन् त्यतीखेर फिल्म क्षेत्र पनि आशावादी बन्छ । फिल्म क्षेत्रको कर्मसँग धेरै पक्ष जोडिएपनि विकासको मूल रुप भनेको फिल्म चल्नुमै देखिन्छ ।

Results : 6 - 10 of 97