मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

नायिका आत्महत्या बारे अन्यौल : रेम बिक

फिल्मीखबर, पोखरा, २०६९ ज्येष्ठ ३०, मंगलवार

सेक्स भिडियोको स्क्यान्डल परे पनि उनी फिल्ममा जम्नका लागी निरन्तर संघर्षरत थिईन् । करिब आधा दशक अगाडी भएको उनको सेक्स भिडियो स्क्यान्डल हुँदा समाजले उनलाई घृणा गरे पनि आफैले आफैलाई कहिल्यै घृणा गरिनन् उनले । फलस्वरुप निरन्तरको संघर्षकै कारणले उनी करिब एक दर्जन फिल्ममा नायिकाको रुपमा प्रस्तुत भईन् । नाङ्गो फोटो कै कारण नायिका श्रिषा कार्कीले आत्महत्या गरे पनि उनी निडर भएर समाजसंग निरन्तर लडिरहिन् । त्यत्रो हिम्मत र आँट भए पनि अन्तत: उनी चुकिन् अनि रोजीन् आत्महत्याको बाटो ।

उनी अर्थात नेपाली फिल्म उद्योगमा संघर्षरत नायिका जेशिका खड्का । नायिका जेशिका खड्काले हिजो राती काठमाण्डौको बसन्तपुर स्थित आफ्नै डेरामा सलको पासो लगाएर झुण्डिए पछि नेपाली फिल्म उद्योग एकाएक तातेको छ । त्यत्रो हिम्मत र आँट सहित नेपाली फिल्म उद्योगमा प्रवेश गरेकी जेशिकाले किन रोजीन् आत्महत्याको बाटो ? आखिर कारण को हो जेशिकालाई झुण्डिन बाध्य बनाउने ? यी प्रश्नहरु सबै फिल्मकर्मी र आमदर्शकको चासोको विषय बनेको छ ।
 

कमेडी गायक प्रकाश ओझासंगको भिडियो प्रकरणमा विवादित बनेकी खड्काले सानो व्यानरका फिल्ममा मात्र अभिनय गरिन् । उनले अभिनय गरेका कुनै पनि फिल्म व्यवसायिक हिसाबले हिट हुन सकेनन् । तर पनि पछिल्लो समयमा उनी फिल्मका लागि व्यस्त नै थिईन् । ‘मेरो बुझाईमा जेशिकामा नायिकामा हुनु पर्ने सम्पुर्ण गुणहरु थिए’, निर्देशक रामराजा दाहाल भन्छन्–‘तर एक्कासी आत्महत्याको खबरले म शक भएँ ।’ कुनै फिल्ममा संगै काम नगरे पनि जेशिका र आफुबीच राम्रो बोलिचाली हुने गरेको निर्देशक दाहाल बताउँछन् । नायिका खड्काको आत्महत्या बारे फिल्म जगतमा यतिबेला विभिन्न खाले अड्कलबाजी भैरहेको छ । अधिकांशले अत्याधिक ‘फ्रस्ट्रेट’ भएर आत्महत्या गरेको हुन सक्ने लख काटिरहेका छन् । यद्यपी पोस्टमार्टम रिपोर्ट नआउन्जेल आत्महत्याको कारण खुल्न नसक्ने पक्का छ ।

यसअघि पनि नेपालमा नायिकाहरुले आत्महत्या नगरेका भने होईनन् । निर्माता छवि ओझाका श्रीमति गिताञ्जली, नायिका श्रिषा कार्की लगायतका नेपाली नायिकाहरु पनि आत्महत्या गरेर आफ्नो देहलिला समाप्त पारेका थिए । पछिल्लो समय नायिका नम्रता श्रेष्ठ र पुजा लामाको सेक्स भिडियो निस्किए पनि उनीहरु भने समाजसंग लडेरै आफ्नो करिअरका लागी संघर्षरत छन् । जेशिकाको आत्महत्या जे सुकै कारणले होस् तर उनको मृत्यु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

किन गर्छन् आत्महत्या ?

सामान्यतया बाँच्ने कुनै आधार नदेखेपछि मानिसले आत्महत्याको बाटो रोज्छन् । जीउनको लागी यस्ता मानिसहरुले कुनै विकल्प पाउँदैनन्, सबै व्यर्थ देख्छन् र अन्ततः रोज्छन् आत्महत्याको बाटो । ‘विभिन्न खाले सामाजिक परिवेश, पारिवारिक समस्या, व्यक्तिगत ईच्छा आकांक्षा आफुले सोचे भन्दा फरक भैदिँदा मानिस डिप्रेशनमा जान्छ’, मनोरोग विशेषज्ञ डाक्टर लुमेश्वर आचार्यले भने–‘डिप्रेशनका कारण मानिस वाक्क, दिक्क, प्याक्क बनेर पुरै संसार आफ्नो विरुद्धमा देख्छ ।’

 

 

मनलाई विस्तारै कमजोर बनाउँदै जाँदा मानिसहरुले आफ्नो जीवनलाई माया मार्दै जाने र अन्तमा यहि बाटो रोज्ने गरेको आचार्यले बताए । नेपालको सन्दर्भमा मानिसहरुमा उदासिपना आउनुको कारण सामाजिक र पारिवारिक हुने गरेको उनले बताए । मानिसको दिमागी समस्याका कारण कतिपय बेला आवेगमा आएर गरिने निर्णयले पनि आत्महत्या निम्त्याउने गरेको अध्ययनले देखाएको छ ।

नेपालमा नायिकाहरु छिटो चर्चामा आउनका लागी जस्तो सुकै हतकण्डा पनि अपनाउन तयार हुन्छन् । नायिका बन्नकै लागी उनीहरुले सम्झौता गर्दा गर्दा आफुले भने जस्तो हुँदैन र उनीहरु विस्तारै डिप्रेशनमा फस्दै जान्छन् । भने जस्तो नभएपछि डिप्रेशनको मात्रा बढ्दै जान्छ र नायिकाहरु फिल्म क्षेत्र नै छोड्नका लागी बाध्य हुन्छन् । जेशिकाको सम्बन्धमा यो कुरा कतिसम्म लागु हुन्छ त्यो भोलीका दिनले बताउने कुरा हुन् । तर, चर्चा कमाउने नाममा देखिएका अहिलेका नयाँ पुस्ताका नायिकाहरुको हर्कतले भोली उनीहरुलाई पनि आत्महत्याको बाटोसम्म नडोर्‍याउला भन्न सकिन्न ।