मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.10/5.00)
Text size:-
+
-

ज्योतिष शास्त्र : ०६९ मा यस्ता फिल्म चल्छन्

फरक कोण, काठमाण्डौ, २०६९ वैशाख २, शनिवार

महानायक राजेश हमालको बिहे गर्ने मुडलाई दुई बर्ष पर धकेलिदिएका युवा ज्योतिष हरिहर अधिकारीले बर्ष २०६९ मा रिलिज हुने फिल्मको बिजनेसलाई आफ्नो दृष्टीकोणबाट समिक्षा गरेका छन् । विशेषत कस्तो फिल्म कुन महिनामा चल्छ वा चलाईनु पर्छ भन्ने बिषयमा उनले आफ्नो ज्योतिष शास्त्र प्रयोग गरेका छन् । सेलिब्रेटीको नजरमा समेत प्रिय बन्दै गएका २१ बर्षे यि ज्योतिषको दैलोमा दिनहुँ चर्चित सेलिब्रेटी देखि दर्जनौको संख्यामा सर्वसाधारण मानिसहरू आफ्नो भबिष्यको बारेमा बुझ्न पुगिरहेका हुन्छन् । यसै सन्दर्भमा  फिल्मीखबर मार्फत उनले यो बर्षको नेपाली फिल्म ईन्डष्ट्रीको भविष्य बताईदिएका छन् ।


२०६८ मा नयाँ टेष्टका फिल्म लुट र चपली हाईटले जसरी सर्वाधिक सफलता हात पारे त्यसैगरी विगतका बर्षमा हिट भएका फिल्मलाई यो बर्ष रिमेक गरेर चलाए ती फिल्म बल्कबष्टर हुने ज्योतिषले भविष्यबाणी गरेका छन् । २०६९ मा समग्र फिल्म विद्यामा शनिको प्रभाव भएकाले पुराना चिजको प्रयोगले यो बर्ष राम्रो हुने भन्दै रिमेक फिल्म सुपरहिट हुने ज्योतिषले तर्क अघि सारेका छन् । यस्तै ज्योतिषले १२ महिनाको फिल्म रिलिज क्यालेण्डरलाई आफुले निकालेको अलफावेट क्यालेण्डरमा आधारित भएर रिलिज गरे फिल्म सफल हुने तर्क गरेका छन् ।

हरिहरको ज्योतिष विज्ञानले बैशाख र मंसीर महिनामा मंगल ग्रहको प्रभाव पर्ने हुँदा क, ख, ग, घ, न बाट सुरू हुने फिल्मको बिजनेस राम्रो हुने योग निक्लिएको छ । यि दुई महिनामा पुलिस, आर्मी, आक्रोस, लडाई, झगडामा आधारित फिल्म चलाउनु पर्ने उनी बताउँछन् ।  यस्तै यी दुई महिनामा फिल्म चलाउदा ओरेन्ज कलरको फ्लेक्स, ब्यानर, पोष्टर पब्लीसिटी सामग्रीको रूपमा प्रयोग गर्नुपर्ने उनको भबिष्यबाणी छ  ।

त्यस्तै जेठ र कात्तिकमा शुक्र ग्रहको प्रभावले च, छ, ज, झ र न बाट उच्चारण हुने फिल्मले हिट खाने छ । जेठ र कात्तिकमा नारी प्रधान, पोलिटिकल ईस्यू, कानुन सम्बन्धी फिल्म हिट खाने छ । जसका लागि पब्लिीसिटीमा सेतो रंगको ब्यानर लगायतका प्रिन्ट पब्लीसिटी सामग्री अघि सार्नु पर्ने उनी बताउँछन् । यस्तै अषाढ र असोजमा बुधको प्रभावले त, थ, द, ध, न बाट सुरू हुने फिल्मको विजनेस माथि हुने छ । यि महिनामा रिलिज हुने फिल्मका लागि हरियो पोष्टर ब्यानर आवश्यक छ । त्यस्तै यो समयमा कमेडी र पैसालाई केन्द्रित गरेर बनाईएका फिल्म हिट खाने छ  ।

श्रावणमा चन्द्रमाको प्रभावले य, र, ल ,व , ष, श, ह, स बाट उठ्ने फिल्मले सफल बिजनेस गर्ने उनको तर्क छ । यो महिनामा लभस्टोरी, आमा र दिदीबहिनीसंग सम्बन्धीत फिल्म हिट खाने छ । जसका लागि पहेलो वा सेतो रंगको पब्लीसिटी सामाग्री प्रयोग गर्नुपर्ने ज्योषिको भबिष्यबाणीले बताउँछ । यस्तै भदौको झरी महिनामा सूर्यको प्रभावले अ, आ, ई, इ, ऊ बाट उच्चारण भएका फिल्मको बिजनेस अगाडी हुने उनले तर्क गरेका छन् भने पुष र चैत्रमा द, थ, द, ध,न र माघ, फागुनमा प, फ, ब, भ र म बाट नामाकरण भएका फिल्म हिट खाने छ ।

भदौमा पूर्ण रूपमा पोलिटिक्स, आन्दोलन तथा राष्ट्रभक्ति र बुबासंग सम्बन्धीत फिल्म हिट हुने छ जसका लागि रातो रंगको पब्लीसिटी सामग्री तयार गर्नुपर्ने हुन्छ । यस्तै पुष र चैत्रमा धर्मसंग सम्बन्धीत, सामाजिक तथा पारिवारिक वा भनौ डकुमेन्ट्री पनि हिट हुने उनले भबिष्यबाणी गरेका छन् । पुष र चैत्रमा रिलिज हुने फिल्मको पब्लीसिटी म्याटरका लागि पहेलो र गुलावी कलर चुज गर्नुपर्ने उनी बताउँछन् । माघ र फाल्गुनमा रिलिज हुने फिल्म विदेशीसंग सम्बन्धीत, चोरी, ठगी, दौड, प्रतिष्पर्धामा आधारित भए सफल हुने  ज्योतिषले भविष्यबाणी गरेका छन् ।  
 

कुन महिनामा कुन राशि भएका फिल्मकर्मीलाई  राम्रो ?

बैशाख : मेष र सिंह
जेठ :  बृष
असार : बृश्चिक
श्रावण : कर्कट
भदौ : मिथुन
असोज : कन्या
कात्तिक : मेष
मंसिर : धनु
पुष : मकर
माघ : मकर
फाल्गुन : कुम्भ र तुला
चैत्र : मिन

नोट : आफ्नो समग्र भबिष्यबाणीमा आधारित भएर आफ्नो कार्यलाई अगाडी बढाउनका लागि पर्सनल चिना टिपन पनि हेर्नुपर्ने ज्योतिषको तर्क छ । तसर्थ सर्वप्रथम आफैमा राम्रो फिल्म उत्पादन गर्ने र संगसंगै ज्योतिष विज्ञानलाई पनि आत्मसाथ गरेको खण्डमा अपेछित सफलता हासिल गर्ने ज्योतिष बताउँछन् ।