Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिर्जापुर’ फिल्मको टिजरमा सत्ता संघर्ष र दुश्मनीको कथा

एजेन्सी, काठमाडौं, 2026/06/25

Mirzapur The Movie

 

ओटीटी प्लाटफर्ममा निकै चर्चित मानिएको वेब सिरिज ‘मिर्जापुर’ अब फिचर फिल्मको रूपमा दर्शकमाझ आउँदैछ । बिहीबार युट्युबमार्फत यस फिल्मको टिजर सार्वजनिक गरिएको छ, जसले कथावस्तुबारे प्रस्ट पार्ने प्रयास गरेको छ । सत्ता संघर्ष, राजनीतिक षड्यन्त्र, विरासत, दुश्मनी र क्रूर हिंसाको पुरानै संसारलाई फिल्मले प्रस्तुत गर्ने टिजरले स्पष्ट पार्छ । 

टिजरमा पंकज त्रिपाठी अभिनीत कालीन भैयालाई मिर्जापुरमा आफ्नो प्रभुत्व कायम राख्दै गरेको देखाइएको छ । उनको साम्राज्य ढाल्न अली फजल (गोविन्द) मैदानमा उत्रिएका छन् । उनका भाइ बाब्लु पण्डितको भूमिकामा यसपटक ‘पञ्चायत’ सिरिजका सचिव जितेन्द्र कुमार देखिएका छन् । सिरिजमा भने उक्त भूमिका विक्रान्त मेसीले निभाएका थिए ।

अली फजलले यसअघि फिल्मको कथा सिरिजको घटनाअघिको समयमा आधारित रहेको बताएका थिए । यही कारण वेब सिरिजमा निधन भइसकेका पात्रहरू पनि फिल्ममा फर्किएका छन् । दिव्येन्दु (मुन्ना भैया), राजेश टैलाङ र शीबा चड्ढा पुनः आफ्नो भूमिकामा देखिएका छन् भने ‘मिर्जापुर’ फ्रेन्चाइजमा यसपटक रवि किशन पनि जोडिएका छन्, जो ग्याङस्टरको भूमिकामा छन् ।

गुरमीत सिंहको निर्देशनमा बनेको ‘मिर्जापुर द मुभी’मा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु, श्वेता त्रिपाठी, श्रिया पिलगांवकर, रवि किशन, जितेन्द्र कुमार, कुलभूषण खरबन्दा, रसिका दुग्गललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म आगामी सेप्टेम्बर ४ (१९ भदौ)मा प्रदर्शन हुने तय भएको छ । फिल्मलाई हिन्दी र तेलुगु भाषामा तयार गरिएको छ । 

 

Most Visited News (monthly)