मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाह बन्धनमा बाँधिइन् नन्दिता

फिल्मीखबर, काठमाडौं, 2024/03/02

Nandita KC and Dr. Arbind Katwal

 

अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाँधिएकी छन् । शनिबार लाजिम्पाटस्थित शंकर होटलमा डा. अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्यसँगै भुवन केसी, दीलिप रायमाझी दम्पती, श्वेता खड्का, रेनशा वान्तवा राई लगायतका सेलिब्रेटीहरु पनि सहभागी थिए । बिहीबार नन्दिताको मेहेन्दी सेरोमनी भएको थियो ।

 

Nandita KC and Dr. Arbind Katwal


गत हप्ता नन्दिताले आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन् । क्यानडाको बान्फ नेशनल पार्कमा अरविन्द्रले नन्दितालाई विवाहको प्रस्ताव राख्दै औँठी लगाइदिएका थिए । अरविन्द्र पेशाले भने कार्डियोलोजिस्ट (मुटुरोग विशेषज्ञ) हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने गरेका छन् । नन्दिताले पनि विगत लामो समयदेखि अमेरिकालाई नै कर्मथलो बनाएकी छन् ।

 

Nandita KC and Dr. Arbind Katwal


अमेरिका गएसँगै नन्दिताले अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् । फिल्म ‘इन्द्रेणी’बाट डेब्यू गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘जंगबहादुरको कोट’ हो । उनले ‘हामी तीन भाई’, ‘बाटो मुनीको फूल’, ‘बसमा छैन यो मन’, ‘सपना, ‘त्रिशुल’, ‘पराई’, ‘लोग्ने मान्छे’, ‘युद्ध’ लगायतका दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । कुनै बेला नेपाली फिल्ममा उनको राम्रो माग थियो ।