मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साहो’ भिलेन कनिज ‘१२ गाउँ’मा विराजसँग भिड्ने

फिल्मीखबर, काठमाडौं, 2024/03/03

Kanij Koirala and biraj bhatta

 

अभिनेता विराज भट्टले आफ्नो निर्देशन रहने आगामी फिल्म ‘१२ गाउँ’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन् । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । फिल्मको मुख्य अभिनेत्रीमा सन् २०२२ की मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का देखिँदैछिन् । अब भिलेनमा कनिज कोइराला भित्रिएका छन् ।

कनिजले दक्षिण भारतीय ‘साहो’ र ‘गोडाचरी’ फिल्ममा भिलेन भएर काम गरिसकेका छन् । विराजसँग भोजपुरी फिल्म ‘वध’मा पनि उनले काम गरेका थिए । ‘१२ गाउँ’ उनको दोस्रो नेपाली फिल्म हो । यसअघि उनले फिल्म ‘आँधी तुफान २’मा काम गरेका थिए । कनिज आफ्नो भूमिका सशक्त भएकाले ‘१२ गाउँ’मा काम गर्न लागेको बताएका छन् । फिल्ममा विराजसँग उनको भिडन्त हुनेछ ।

आगामी चैतबाट छायांकन सुरु हुन लागेको फिल्म ठूलो बजेटमा तयार हुने जनाइएको छ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ । सन् २०२४ मा रिलिजको लक्ष्य राखिएको ‘१२ गाउँ’मा नेपाली फिल्मको इतिहासमै उच्च स्तरीय एक्सन हुने विराजको दाबी छ । उनले २०७६ सालमा प्रदर्शन भएको एक्सन फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यू र अभिनयमा कमब्याक गरेका थिए ।