Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द राइज अफ साम्राज्य’ बनाउँदै सौरभ, ठूलो क्यानभासमा बन्ने

फिल्मीखबर, काठमाडौं, 2026/07/27

Saurav-Chaudhary-new-film-

 

२०८० सालमा प्रदर्शन भएको ‘अगस्त्य’बाट एक्सन फिल्म निर्देशनमा राम्रो सम्भावना देखाएका सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’को निर्माण घोषणा गरेका छन् । उनले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् । आगामी भदौबाट पूर्वको कोशी ब्यारेक क्षेत्रमा छायांकन हुने फिल्म अहिलेसम्मकै ठूलो क्यानभासमा बन्ने जनाइएको छ । 

फिल्मको थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू देखिएका छन् । पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो झण्डाले क्रान्ति वा विद्रोहको संकेत गरेको छ । त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरू मञ्चमा रामलीला नाटक प्रहसन गरिरहेका देखिन्छन्, जसले फिल्मको कथा कुनै कालखण्डमा आधारित रहेको बुझाउँछ ।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरले फिल्मको स्क्रिप्ट लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहने फिल्मको दुई चरणमा गरी ७० दिन छायांकन हुनेछ । 

सह-निर्माता बस्नेतले ‘द राइज अफ साम्राज्य’ नेपाली फिल्म उद्योगकै ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ फिल्म हुने बताए । उनले भने, ‘यो फिल्म लाइनअप र मेकिङको हिसाबले नेपाली फिल्म उद्योगको अहिलेसम्मकै बिग स्केलको फिल्म हुनेछ । यसको कथा पनि एकदमै फरक छ ।’ उनका अनुसार आगामी सातादेखि फिल्मका मुख्य कलाकारहरूको नाम सार्वजनिक गरिनेछ ।