मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजयको १३ फिल्म, जसले पार गरे सय करोड

एजेन्सी, काठमाडौं, 2024/03/19

Shaitaan Box Office Collection Day 10: Ajay Devgn Scores His 13th 100 Crore  Club Success!

 

बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मान्ने गरिन्छ । तर, वर्षमा एकाध फिल्मले मात्र यो बेन्चमार्क पार गर्छन् । त्यो पनि ठूला स्टारका फिल्मले । बलिउडमा सबैभन्दा बढी सय करोड फिल्म दिने अभिनेतामा सलमान खान पर्छन् । उनको १७ वटा फिल्मले यो आँकडा नघाएको छ । दोस्रो स्थानमा अभिनेता अक्षय कुमार छन्, जसको १६ वटा फिल्मले सय करोड कमाएको छ ।

अब तेस्रो स्थान अजय देवगनले लिएका छन् । यतिबेला प्रदर्शनरत फिल्म ‘शैतान’ले सय करोड कमाएसँगै उनका १३ वटा फिल्मले सय करोडको बेन्चमार्क पार गरेका छन् । यसअघि उनी अभिनीत ‘शिवाय’, ‘सिंघम’, ‘बोल बच्चन’, ‘दे दे प्यार दे’, ‘रेड’, ‘सन अफ सरदार’, ‘गोलमाल ३’, ‘सिंघम रिर्टन्स’, ‘टोटल धमाल’, ‘दृश्यम २’, ‘गोलमाल अगेन’ र ‘तान्हाजी’ले पनि सय करोड पार गरेका थिए ।

‘शैतान’सहित अजयको ८ वटा फिल्मले १ सय १० करोड नजिक कमाएका छन् । ‘शैतान’को कमाई अझै राम्रो रहेकाले यो आँकडा नाघ्ने देखिन्छ । २ सय करोडमाथिको व्यापार गर्नेमा भने अजयको तीनवटा फिल्म छन् । ‘तान्हाजी’, ‘दृश्यम २’ र ‘गोलमाल अगेन’ उनको २ सय करोडमाथि कमाई गर्ने फिल्म हुन् । यतिबेला अजयको पाइपलाइनमा ‘सिंघम अगेन’, ‘रेड २’ र ‘दे दे प्यार दे २’ छ ।