मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘निफ’मा विपिन र सुरक्षा उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2024/03/19

bipin karki and surakshya panta

 

 सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने फिल्म ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट फिल्म पनि ‘बुलाकी’ बन्न सफल भएको छ । र, यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड पनि प्राप्त गरे ।

झरना थापा निर्देशित फिल्म ‘एक भागवत एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड जिते भने फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । फिचर फिल्मतर्फ अडियन्स च्वाइस अवार्ड ‘पखेटा’ले प्राप्त गर्‍यो ।

त्यस्तै, भारतको ‘वाइल्ड स्वान’ले गौतम बुद्ध फिचर फिल्म अवार्ड, पोर्चुगलको ‘लभ लाइट’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ माउन्ट एभरेस्ट अवार्ड, इजिप्टको ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मतर्फ बागमती अवार्ड, चीनको ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड तथा सर्वियाको ‘लाजरस पाथ’ले डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड जित्यो ।

यसैगरी, उत्कृष्ट राष्ट्रिय लघु फिल्मको अवार्ड ‘एट एनोदर विन्टर’ले जित्न सफल हुँदा ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्रीतर्फ ‘जर्ना’बाट इनुमा राईले अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स च्वाइस अवार्ड भने ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्न सफल भए । पाँच दिनसम्म (चैत १ गतेदेखि ५ गतेसम्म) काठमाडौंमा चलेको महोत्सवमा ४० देशका ८८ फिचर, लघु फिल्म तथा वृत्तचित्र देखाइएको थियो ।