मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’को चरित्र गर्न गाह्रो भयो : हरिवंश आचार्य

फिल्मीखबर, काठमाडौं, 2024/03/19

अभिनयमा पारंगत मानिएका अभिनेता हरिवंश आचार्यले आफ्नो ५० वर्ष लामो करिअरमा विभिन्न चरित्र निर्वाह गरेका छन् । चाहे सकारात्मक होस् वा नकारात्मक, उनले निभाउने चरित्रमा समाज र देशको छायाँ भेटिन्छ । गत वर्ष फिल्म ‘महापुरुष’मा आदर्श पात्र भएर काम गरेका उनी यही चैत ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘महाजात्रा’मा भ्रष्ट नेताको भूमिकामा छन् ।

यो चरित्रमा काम गर्न गाह्रो भएको उनको अनुभव छ । सोमबार पत्रकारसँगको भेटघाटमा आचार्यले भने- ‘अभिनय भनेको सजिलो हुँदैन । हेर्दाखेरि बोल्दिने त हो भन्ने लाग्छ । तर, निकै गाह्रो हुन्छ । मलाई ‘महाजात्रा’को चरित्र गर्न पनि गाह्रो भयो तर टिमले गर्दा सहज भयो ।’ यो भूमिका गर्दा आफूलाई स्वाद लागेको उनको भनाई छ । उनलाई नकारात्मक भूमिका अरु पनि गर्ने चाहना छ ।

 

Hari Bansha Acharya


‘नकारात्मक भूमिका अरु आयो भने पनि म गर्छु । नयाँ काम गर्नसाथ मलाई यस्तो गर्न पाए हुन्थ्यो भन्ने जहिल्यै लाग्छ । अझ यस्तो पनि गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । मान्छेमा यो चाहना हुनैपर्छ । नभए त ‘च्याप्टर क्लोज’ हुन्छ । मैले अपेक्षा नै नगरेका रोलहरु गर्न पाइरहेको छु,’ उनले भने । ‘महाजात्रा’को चरित्रलाई लिएर उनले केही कन्सेप्ट पनि बनाएका रहेछन् । यद्यपि, त्यो लागू भएन ।

‘मैले कतिवटा चीज यसरी ‘एडप्ट’ गरौं भनेर कन्सेप्ट बनाएको थिएँ । अनि मैले निर्देशकलाई सुनाएँ । उहाँले योभन्दा पनि यसरी गरौं भनेपछि मैले त्यही गरेँ । नत्र मैले एक/दुईटा कन्सेप्ट बनाएको थिएँ,’ उनी अगाडि भन्छन्, ‘फिल्म भनेको निर्देशकको हुन्छ । उहाँले मेरो फिल्म यस्तो बन्छ भनेर पहिल्यै ‘भिजुलाइज’ गरिसक्नुभएको हुन्छ । त्यसमा हामीले आफूलाई ढाल्ने हो । मैले पनि त्यही गरेँ ।’

५० वर्ष लामो करिअरमा हरिवंशले पहिलोपटक ‘महापुरुष’मा वर्कसपको अनुभव लिएका थिए । त्यसअघि उनलाई वर्कसप भन्ने नै थाहा थिएन । ‘महाजात्रा’का लागि पनि वर्कसप गरेका उनी भन्छन्, ‘मैले कला क्षेत्रमा काम गरेको ५० वर्ष भइसक्यो । वर्कसप भन्ने ‘महापुरुष’मा गरेको हुँ । त्योभन्दा अगाडि मलाई वर्कसप भन्ने थाहा थिएन । वर्कसपले क्यारेक्टरमा भिज्न ठूलो सहयोग गर्ने रहेछ ।’