मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ गाउँ’मा विराजले भित्राए तमिल फिल्मका द्वन्द्व निर्देशक

फिल्मीखबर, काठमाडौं, 2024/03/19

biraj bhatta

 

अभिनेता विराज भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘१२ गाउँ’को तयारीमा छन् । फिल्मलाई उनी आफैंले निर्देशन गर्दैछन् । ठूलो ‘स्केल’मा निर्माण हुन लागेको फिल्ममा उनले एक्सनलाई विशेष प्राथमिकता दिँदैछन् । यसैले उनले द्वन्द्व निर्देशक समेत भारतबाट झिकाएका छन् । कयैन् तमिल फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई विराजले फिल्ममा अनुबन्ध गरेका हुन् ।

सिल्भा केही दिनदेखि काठमाडौंमा छन् । उनलाई काठमाडौं घुमाएको तस्वीरहरु सेअर गर्दै विराज लेख्छन्, ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो ।’ सिल्भाले रजनीकान्तदेखि विजयसम्मका फिल्ममा द्वन्द्व निर्देशन गरेका छन् । खासमा उनको चिनारी स्टन्ट निर्देशकको रुपमा छ । सन् २०११ यता भने उनी द्वन्द्व निर्देशनमा बढी सक्रिय देखिएका छन् ।

सिल्भा कलाकार समेत हुन् । ‘बाहुबली’का निर्देशक एस.एस राजामौलीको फिल्म ‘छत्रपथी’ (२००५)मा उनी नकारात्मक भूमिकामा देखिएका थिए । उनले ‘यमदोंगा’, ‘केडी, ‘पञ्चाक्षरी’, ‘मार्गाजी १६’, ‘वेलायुधम’, ‘मारी २’, ‘करुंगापियम’ जस्ता तमिल फिल्ममा पनि अभिनय गरेका छन् । उनीसँग विराजले दुई हप्ताअघि चेन्नईमा भेट गर्दै ‘१२ गाउँ’का लागि द्वन्द्व निर्देशकको प्रस्ताव राखेका थिए ।

फिल्ममा विराज स्वयंको मुख्य भूमिका रहनेछ भने उनका छोरा (समीर भट्ट)ले डेब्यू गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यू गर्दैछिन् । फिल्मको मुख्य भिलेनमा भने कनिज कोइरालाले अभिनय गर्दैछन् । उनले यसअघि दक्षिण भारतीय फिल्म ‘साहो’ र ‘गोडाचरी’मा भिलेन भएर काम गरेका छन् । फिल्मको छायांकन आगामी बैशाखबाट सुरु हुँदैछ ।