मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’को गीतमा नीति ८ सेकेण्डमा सीमित

फिल्मीखबर, काठमाडौं, 2024/03/31

मिस नेपालमा भाग लिएपछि नीति शाहलाई फिल्म प्रस्तावको कमी नै भएन । तर, जब फिल्ममा काम गर्ने निर्णय लिइन्, त्यसपछि डेब्यू गर्नै सकस भयो । उनले सम्झौता गरेका ४ वटा फिल्म बन्नै सकेनन् । पाँचौं फिल्मको रुपमा ‘खजुरे ब्रो’ सम्झौता गरेपछि भने उनको डेब्यूको सपना पूरा भयो । आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनको अभिनयको परीक्षा हो ।

 

Niti Shah


तर, फिल्मको पहिलो गीतमै नीति प्राथमिकतामा परेकी छैनन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘लभ गर्ने मान्छे’ बोलको गीतमा उनलाई चिनाउनका लागि मात्र स्थान दिइएको छ । गीतमा उनले जम्मा ८ सेकेण्ड ‘स्क्रिन स्पेश’ पाएकी छन् । फिल्ममा उनको जोडी अभिनेता रेयर राईसँग बाँधिएको छ । गीतमा रेयरसहितका पुरुष पात्रहरु हाबी छन् ।

सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द रचना तथा संगीत छ भने गायनमा अनमोलले अनुपम गुरुङसँग साझेदारी गरेका छन् । गीतको अडियो र भिडियो दुवै रमाइलो शैलीमा तयार पारिएको छ । विशेषगरी अडियो पक्ष बलियो छ । शब्द, संगीत र गायनको संयोजन राम्रो देखिन्छ । कार्यक्रममा लेखक तथा निर्देशक सुरज सुनुवारले फिल्मको कन्सेप्टअनुसार नै गीत बनेको बताएका थिए ।

शिशिर विशंखेको छायांकन रहेको फिल्ममा नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, प्रेम सुब्बा, मनिष राउत, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बू लगायतको पनि अभिनय छ । फिल्मका निर्माता नविन मानन्धर र सुरज सुनुवार हुन् भने अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् । यसैगरी, डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।